१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जङ्गलमा महिलाको शव भेटियो, बलत्कारपछि हत्याको आशंका

२ पुष २०७४, आईतवार ०५:०६

पुस २, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । 

गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दोवाटा कमल अधिकारीको घरमा बस्दै आएकी शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी नाम सीता लाटि जिसी महिलाको शव शनिबार राती ११ ४५ बजे भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीका अनुसार महिलाको शरिरमा कपडा नभएको अबस्थामा भेटिएका कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने बताए ।

राति अबेरसम्म पनि घरमा नआएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ लगेको छ । 

उनीहरुलाई थप अनुसन्धानको लागि आज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिए । -बिमल खड्काको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ