2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’

पुस २, दमौली, तनहुँ | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । 

गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।” राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ थियो । 

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि उहाँले राख्नुभयो । 

आइतबार वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिनुभएको थियो । चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने पौडेलले बताउनुभयो । पौडेल नेकपा९एमाले०का कृष्णकुमार श्रेष्ठसँग चुनावमा पराजित हुनुभएको थियो । – रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई