१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राम्री युवतीहरु यसरी आकर्षित हुन्छन् ! जानी राखौ

२ पुष २०७४, आईतवार १७:२३

तपाईंको तमाम कोशिशका बाबजुद पनि महिला तपाईंसँग आकर्षित हुन्न । आखिरी किन ? यसका लागि तपाईं आफ्नो लुक्स र स्वच्छताप्रति काम गर्नु आवश्यक हुन्छ । 

जान्नुहोस् कसरी तपाईं युवतीलाई आकर्षित गर्न सक्नु हुन्छ । राम्रो देखिनु तपाईंको हातको कुरा हो ,आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो । 

यसका लागि तपाईंको धेरै मेहनत आवश्यक पर्दैन । तपाईं आफ्नो आलस्यता त्यागेर लुक्समा ध्यान दिनु जरुरी छ । आखिरी तपाईंको लुक्सले नै महिलालाई आकर्षित गर्ने हो । यसर्थ थोरै मेहनतमा यस्तो गर्नु जरुरी छ ।

केही कुरामा ध्यान दिनू

भलै तपाईंको लुक्स धेरै राम्रो नहोला तर यसको अर्थ यो होइन की धेरै महत्व पूर्ण कुराको बेवास्ता गर्नु । यसर्थ तपाईंले महत्वपूर्ण कुराको वास्ता नगर्दा युवतीको मन जित्न सक्नु भएन । अब महत्वपूर्ण कुराहरुमा पनि ख्याल गर्नुहोस् ।

धेरै पसिना आउनु 

तपाईंलाई धेरै पसिना आउँछ ? धेरै पसिना आउनुको पनि केही कारण हुन सक्छ । एउटा कारण हुन सक्छ तपाईं गलत कपडा लगाउनु हुन्छ । यसैको कारण हो भने सबै भन्दा पहिले कपडा परिवर्तन गर्नुहोस् । सूती, खाकी, लाइनन् जस्ता प्रकृतिका कपडा लगाउनुहोस् । यसको अलवा तपाईं हाइपरहाइड्रोसिस नामक रोकको पीडित पनि हुन सक्नु हुन्छ । यसर्थ चिकित्सकसँग सम्पर्क राखी धेरै पसिना आउने अवस्थालाई न्यूनिकरण गर्नुहोस् ।

तपाईंको दाँत पहेंलो छ ?

खासगरी युवतीले तपाईंलाई जतिखेर हेर्नेछिन, त्यत्तिखेर उसको ध्यान तपाईंको मुस्कानमा पर्नेछ । कतै तपाईंको दाँत पहेंलो छ । विर्सिनुहोस्, ऊ तपाईंसँग डेटिङ जानेछिन् । तपाईंलाई जरुरत यो पर्छकी, आफ्नो दाँतलाई ख्याल राख्नुहोस् र उपचारका लागि चिकित्सकसँग पनि सम्पर्क गर्नुहोस् ।

आँखीभौंको बीचमा रौं छ ? 

तपाईंको आँखीभौंको बीचमा रौं छ ? अर्थात तपाईंको आँखीभौं भद्दा खालको छ ? आजको समयमा यस समस्याबाट छुटकारा पाउन कुनै गाह्रो छैन । चाँडो भन्दा चाँडो यस समस्याबाट मुक्त हुनुहोस् । आफ्नो आँखीभौंको हप्तामा एक पटक सफा गर्नुहोस् र यस समस्याबाट मुक्त हुनुहोस् ।

छालामा केही समस्या छ कि ?

तपाईंको छालामा समस्या छ भने यसबाट बच्न दैनिक आफ्नो अनुहार राम्रो फेसवासले धुने गर्नुहोस् । साथै यस कुरामा पनि ध्यान दिनुहोस् की सबै त्वचा एकै प्रकारका हुँदैनन्, यसर्थ फरक फरक तरिकाले उपचार गर्नुहोस् । यदी कुनै प्रकारको समस्या आए तपाईं तुरुन्त विशेषज्ञ चिकित्सकको सहयोग लिनुहोस् ।

गर्दनमा रौं

तपाईंको गर्दनमा रौं छ ? केही चिन्ता नलिनूस्, केही पुरुषको गर्दनमा रौं हुन्छ नै । तर तपाईं यसलाई हटाउन सक्नुहुन्छ । तपाईंले गर्दन सम्मको रौं खौरेर फ्याली दिन सक्नु हुन्छ । साथै कपडा लाउँदा पनि देखिने छातीका रौं पनि खौरेर फ्यालिदिनुहोस् ।

केही पहल गर्नुहोस्

तपाईंले अस्वीकार गर्ने डरले युवतीले केही नभनेको हुन सक्छ । यसर्थ यसका लागि तपाईं आफैं पहल गर्नुहोस् । हुन सक्छ तपाईंको पर्खाइमा युवती बसेको हुन सक्छ । एक पटक तपाईं निश्चित हुनुहोस् कि अब तपाईंको परफेक्ट व्यक्तित्वसँगै पहलको पनि आवश्यक पर्छ । यसर्थ तपाईं अघि बढेर युवतीसँग प्रस्ताव गर्ने हिम्मत गर्नुहोस् ।

सिधा बोल्नुहोस्

भनिन्छ नि, ‘मान्छेको बोलीले नै उसको भविश्यको बाटो तय गर्छ ।’ यो भनाइ यसमा पनि लागू हुन्छ । हुन सक्छ कि कुनै युवतीको मनमा तपाईंको लागि केही भावना उठिरहेको छ । तर तपाईंको बोलीका कारण उसले तपाईंलाई टाढा राख्नु पर्ने अवस्था आउन सक्छ । यसर्थ युवतीसँग बोल्ने क्रममा आफ्नो वाणीलाई नियन्त्रित राख्दै सोचेर बोल्नुहोस् ।- स्रोत:मिडिया एनपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता