पुस ३, काठमाडौं । काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ ।
लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । सोमबार ५ बजेर १८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको प्राकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ सालको शक्तिशाली गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ८० भन्दा बढी पराकम्प गएका अहिले सम्म गैसकेका छन् ।