2026-09-19 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा महोत्सव पुस २७ देखि शुरु हुने

पुस ४, पोखरा (रासस) | पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ । 

युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ । 

देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकूद तथा पर्यटनको विकासवाट देशलाई संवृद्धितर्फ अग्रसर गराउने महोत्सवको उद्देश्य रहेको छ । 

त्यस्तै यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कलाकारहरुको प्रतिभा प्रष्फुटन एवं पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष रहेको छ । 

महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाका सामान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उपभोग्य वस्तुहरुको प्रदर्शनी, सूचना प्रविधि र व्यवसायिक संघसंस्थाहरुको सेवाको बारेमा समेत जानकारी गराइनेछ । 

दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष राखिएको छ । १२ दिनसम्म चल्ने सो महोत्सवमा रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख आम्दानी हुने अनुमान गरिएको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी गराउनुभयो । 

महोत्सवमा सर्वसाधारणलाई रु ८०, विद्यार्थीहरुलाई रु ६० तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ