१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार भुसालको निधन रहस्यमय

६ पुष २०७४, बिहीबार ०९:५४

पुस ६, काठमाडौँ । पत्रकार तीर्थराज भुसालको निधनको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ । 

शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो । 


भुसालको १३औँ दिनको स्मृतिमा आज आयोजित शोकसभामा समूहका केन्द्रीय अध्यक्ष दीपक दाहालले आफ्नो टोलीसँग भुसालको परिवारले घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेकाले त्यसका लागि संस्थामार्फत थप पहल हुने बताउनुभयो । 

भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्ने समेत हालसम्म किटान नभएको पाइएको छ । घटनाबारे प्रहरीले छानबिन गरिरहेको जनाइएको छ । 

अध्यक्ष दाहालले भुसालको स्मृतिमा समूहले शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने पनि बताउनुभयो । 

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनका संस्थापक प्रिन्सिपल डा मञ्जु मिश्रले भुसाल आफ्नो असल र मेहनती विद्यार्थी भएको स्मरण गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ