पढ्न करिब 5 मिनेट लाग्छ

टेक शाही | साझासावाल/ पुस ०६, डोल्पा | डोल्पा जिल्लामाका बालबिकास केन्द्रहरु दैनिक नमुना बन्दै गएका छन । त्रिपूरा सुन्दरी नगरपालिको वडा न २ मारहेको ज्योती आधारभुत बिद्यायलेको बालबिकास केन्द्र नमुना बनेको छ । यो बालबिकास केन्द्र डोल्पाको मात्र नभएर नेपालकै नमुना र उत्कृष्ठ बालबिकास केन्द्रमा पर्ने शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडे्लले बताए ।

डोल्पा जिल्ला जस्तो उच्च हिमाली र दुर्गम जिल्लामा देशकै नमुना बालबिकास केन्द्र सञ्चालन गर्न सहयोग गरेकोमा बिउ भुटेर खानेलाइ होइन रोपेर फलाउनेलाइ दिने हो भन्दै प्लान इन्टरनेशनल नेपाललाइ महानिर्देशक पौड्ेलले धन्यबाद दिए । उनले साना बालबालिकालाइ बालबिकास केन्द्रमा आर्कषित गर्दै शिक्षा दिने वातावरण डोल्पा जिल्ला जस्तो दुर्गममा नमुनको रुपमा बनाएकोमा अभिभाबक प्रति आभार पनि प्रकट गरे ।

हाल ज्योती बालबिकास केन्द्रमा ५४ जना बालबालिकाहरु अध्यनरत रहेका छन । प्लान इन्टरनेशनल नेपालले करिव ११ लाख बराबरको आर्थिक सहयोगमा बनाएको एक कोठे ईसिडी भवनमा ५४ जना बालबालिकाहरु खचखच भरिएका हुन्छन । एक जना ईसिडी सहजकर्ताले ति वालबालिकाहरुलाइ पढाउने गर्दछन । त्यसरि एकै जना सहजकर्ताले पढाउन कठिन हुने भएकोले अब तत्तकाल एक जता सहजकर्ता थप गर्न जिल्ला शिक्षा अधिकारिलाइ महानिर्देशक पौड्ेलले निर्देशन दिएका छन । उनले भनेका छन यति जिल्लाबाट सम्भब नभए केन्द्रले नै थप गर्ने बताए ।

र्किडाक नेपालसँग सहकार्य गरि जिल्लाका २३ वटा बालबिकास केन्द्रमा प्लान इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ । दुई जर्दन भन्दा धेरै गैर सरकारी निकायले शिक्षा क्षेत्रमा लगानि गरे पनि देशभरमा डोल्पामा मात्र प्लान इन्टरनेशनल नेपालले सफलताका काम गरेको शिक्षा बिभाकको दावी छ । शिक्षामा लगानि गरेको देखाउने तर प्रतिफल शुन्यतामा राख्ने गरेकोले प्रतिफल बिहिन गैरसरकारी नियकाको सम्झौता खारेजी हुनु पर्ने शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडे्लको दावी रहेको छ ।

दुर्गम डोल्पा जिल्लामा शिक्षा जस्तो क्षेत्रमा प्लान इन्टरनेशलनले सहयोग गरेपछि बालबिकास केन्द्र नमुना बन्दै गएकोमा खुसि व्यक्त गर्दै जिल्ला संमन्यव समिति डोल्पाका प्रमुख शेर बहादुर बुढाले जनप्रतिनिधिलाइ शिक्षामा गैरसरकारी निकायलाइ पनि सहयोग गर्न आग्रह गरे । उनले कटाक्ष गर्दै जनप्रतिनिधिलाइ भने घाँस खाने कि ?पानि खाने ? आफै सोच्नुपर्ने बताए ।

डोल्पा जिल्लामा आएर पहिलो पटक शिक्षा बिभागका उच्चपदस्थ पदाधिकारीहरुले बिद्यालयको भ्रमण गरेका छन । राजधानीका तारे होटेलमा बसेर डोल्पाको पहरामा रहेका बिद्यालयको शिक्षाका खाकाहरु बनाउन गलत भएको महानिर्देशक पौड्ले स्वीकारे । उनलका अनुसार हरेक भुगोल र भौगोलिक अबस्थाको अध्ययन गरी शिक्षालाइ बिस्तार तथा अभिबृद्धि गर्नु पर्ने बताए ।

चिल्ला शहरमा रहेका बालबिकास केन्द्रको अबस्ता चिन्ता जनक रहेको बेला डोल्पाको धुलैधुलो भएको ठाउमा चिल्ला र सुकिला बालबिकास केन्द्रका कक्षा कोठा भएको देख्दा तिनछक परेको शिक्षा बिभागको अनुगमन टोलीले बतायो । ज्योती बाल बिकास केन्द्र नेपालकै नमुना बाल बिकास केन्द्रका रुपमा परिचत हुनेमा बश्विस्त रहेको शिक्षा बिभागको दावी रहेको छ ।

पछिल्लो समय जिल्लाका मनमा बाल बिकास केन्द्र कुम्ली,बाल मन्दीर बाल बिकास केन्द दुनै,बिडिथान बाल बिकास केन्द जुफाल,हिमजोती बाल बिकास केन्द त्रिपुराकोट र ज्योती आधारभुत बाल बिकास केन्द त्रिपुराकोट रुम जिल्लाकै नमुना बालबिकास केन्द्र रहेको जिल्ला शिक्षा अधिकारी डोलराज काफलेले जानकारि दिए । उनका अनुसार अन्य सबै आधारभुत बिद्यालयमा बाल बिकास केन्द्र भए पनि सरकारी लगानि मात्र भएको र त्यति प्रभाबकारि नभएको बताए ।

शिक्षा बिभागबाट आएका अतिथिहरुलाइ बालबालिकाले नृत्य प्रर्दशन गरि स्वागत गरेका थिए । बाल बिकास केन्द्रको कक्षा कोठामा चारै तिर चिटिचट्ट पारेर खेलौनाले सजिसाजाउ पारीएको छ । बालमैत्रि सौचालय,धारा,बाथरुम र बालबालिकालाइ सुत्नको लागि आरमदायी खाट पनि राखिएको छ । बाहिर खेल मैदान चिल्लो पारिएको छ जहाँ पङि,चिप्लेटी खेल्नको लागि चिप्लेटी,रोटेपिङ र चाकाचुली राखिएको छ ।

दिन भरि कक्षा कोठामा र खेल मैदानमा खेलेर दिन बिताएका बालबालिका बेलुका घर जान नमान्ने गरेको शिक्षकहरु बताउछन । बिद्यालयमा बालबालिका रामाउछन तर अब अभिभाबकले घरमा पनि बालमैत्रि बनाउन शिक्षकहरुले अभिभाबकलाइ आग्रह गरेका छन ।

सुगम र दुर्गमको शिक्षामा फरक छ भन्ने कुराको अर्थ डोल्पा जिल्लाका बालबिकास केन्द्रहरुले गलत सावित गरि दिएको प्लन इन्टरनेशनल नेपाल जिल्ला शाखा डोल्पाकासँयोजक चन्द्र कायस्थले बताए । बिगत दसइ दशक देखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा डोल्पाका काम गर्दै आएको किर्डाक नेपालले बिगतका धेरै कामहरु गरेको भए पनि अहिले सम्मकै उत्कृष्ठ उपलब्धी भनेको बाल बिकास केन्द्र नमुना बनाउनु रहेको किर्डाक नेपाल डोल्पाका सँयोजक सुरेन्द्र ढकालले बताए । उनले भने सरकार र गैरसरकारी निकाय मात्र लागेर हुदैन शिक्षा प्रभाबकारि बनाउन शिक्षक र अभिभाबक पनि त्यती नै क्रियाशिल हुनु पर्ने बताए ।

ज्योती बाल आधारभुत बिद्यालयका लागि आबास्यक पर्ने जग्गा उपलब्ध गराउने जग्गा धनिलाइ दोसल्ह सहित सम्मान गरेको थियो । बाल बिकास केन्द्रहरुले फड्को मार्दै गरेको अबस्थामा जिल्लाको माथिल्लो शैक्षिक अबस्था भने चिन्ता जनक भएको शिक्षा प्रेमिहरुको चिन्ता रहेको छ । देश संघियतामा गए सँगै स्थानिय तहमा जिल्लाको शिक्षा अबस्था झनै कम्जोर रहेको उनिहरु बताउछन । अब समयमा सम्बन्धीत निकाय,जनप्रतिनिधि र अभिभाबकले नसोचे जिल्लाको शिक्षा अबस्था दयनिय हुनेमा नागरिकको चिन्ता रहेको छ ।