2026-11-04 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी हुँदैछ शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

पुस ६, काठमाडौं । साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

अाजकाे नागरिकमा खबर छ । ‘केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ, त्यसले एकीकरण प्रक्रियाबारे छलफल गर्ने तथा अजेन्डा तयार पार्ने काम गर्नेछ,’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘त्यस बैठकमा जानुअघिको अजेन्डा तयार गर्न माओवादीले बैठक सम्पन्न गरिसकेको छ, अब एमालेले आन्तरिक बैठक सक्नेबित्तिकै संयुक्त बैठक बस्नेछ ।’ 

उनका अनुसार सो बैठकमा पेस गर्ने औपचारिक अजेन्डा र विषय तयार नपारिसकेकाले बैठक बस्न ढिलाइ भएको छ । माओवादीको गत ३ गतेको बैठकले एकीकरण प्रक्रियालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँटमा सम्मानजनक अवस्था दिलाउने म्यान्डेटसहित पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेको छ ।

एमाले नेता सुबासचन्द्र नेम्बाङका अनुसार बिहीबार बस्ने स्थायी समिति बैठकमा माओवादीसँगको एकीकरण प्रक्रिया कसरी अगाडि लैजाने भन्नेबारे छलफल हुनेछ । ‘स्थायी समिति बैठकमा छलफलपछि एकता संयोजन समितिमा पार्टीका अजेन्डा लैजानेछौं,’ नेम्बाङले नागरिकसँग भने, ‘एकीकरणको तयारी बैठकका रुपमा आगामी स्थायी समिति बैठकलाई लिएका छौं ।’ उनका अनुसार उक्त बैठकले पार्टी एकीकरणलाई प्राथमिकतामा राखेर निर्वाचन परिणामको समीक्षा पनि गर्नेछ ।

केन्द्रीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत छन भने माओवादीवाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता श्रेष्ठ, रामबहादुर थापालगायतका नेता सम्मिलित छन् । दुवै दलले आआफ्ना अजेन्डा शुक्रबारको बैठकमा पेस गर्दैछन् ।

यसैबीच काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी उम्मेदवारलाई बधाई दिने कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकीकरणमा आशंका नगर्न आग्रह गरेका छन । ‘पार्टी एकता हुन्छ कि हुन्न भनेर धेरैले सोचिरहनुभएको होला, ढुक्क रहनुहोस्, पार्टी एकता हुन्छ,’ ओलीले भने, ‘सरकार पनि बनाउँदै जान्छौं, एकीकरण पनि गर्दै जान्छौं, अब यो प्रक्रिया रोकिन्न ।’ 

एकीकरणको उद्देश्यसहित गठबन्धन बनाएर निर्वाचनमा गएका कारण जनताले भरोसाका साथ उल्लेख्य मत दिएको बताउँदै उनले जनमतको सम्मान पार्टी एकीकरणबाट गरिने स्पष्ट पारे । ‘दुवै पार्टीलाई एकीकरण र समृद्धिका लागि जनताले मत दिएका छन्, जनताको यो आकांक्षा पूरा गरेनौं भने, उनीहरुको विश्वासमा धोका दियौं भने यस्तो मौका कयौं वर्षसम्म आउँदैन,’ ओलीले भने, ‘यो जनमतलाई दुवै पार्टीले सम्मान गर्नेछन्, एकीकरण निकट भविष्यमा नै हुनेछ, आआफ्नो ठाउँबाट तपाईंहरु लाग्नुहोस् ।’

ओलीले एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने बताए । ‘एकीकरणपछि माओवादीले एमाले निल्छ, एमालेले माओवादी निल्छ अनि त्यसपछि तेस्रो प्रकारको पार्टी बन्छ,’ ओलीले भने, ‘त्यसपछि पहिलाको जस्तो एमाले र माओवादी खोजेर पाउनुहुन्न, नयाँ प्रकारको पार्टी बन्छ ।’

दुई पार्टीबीचको एकीकरण प्रक्रिया भाँड्न केही शक्ति लागेको आरोप लगाउँदै ओलीले एकीकरण अरुका निम्ति अचानकजस्तो  देखिएपनि दुई पार्टीका निम्ति भने सुनियोजित भएको दाबी गरे । 

‘एकीकरण प्रक्रिया भाँड्ने उद्देश्यसहित केहीकेही गैंडाको जस्तो जिब्रो लिई माया गरेको जस्तो स्वाङ पारेर कतैकतै चाट्न खोजेको जस्तो देखिन्छ,’ ओलीले भने, ‘तर गैंडाको जिब्रोले चाट्दा घाउमात्र हुँदैन, छालासमेत लान्छ भन्नेमा हामी हेक्का राख्छौं । गैंडाका जस्ता तिनका ज्रिबा निक्लिरहेको देखिरा’छौं, होसियार रहौं ।’ एकीकरणले राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउने उनले बताए ।

नयाँ सरकार गठनपछि अध्यादेश

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेस गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश असंवैधानिक भएको आरोप लगाउँदै नयाँ सरकारले नयाँ अध्यादेश ल्याउने बताएका छन् ।

निर्वाचन आयोगसँग सहमति लिएर समितिमा व्यापक छलफल भइसकेको विधेयक लत्याउँदै सरकारले संसद्को आयु सकिएपछि अध्यादेश ल्याएको उनले बताए । ‘निर्वाचन आयोगसँग छलफल गरेर समितिमा पनि छलफल गरिसकेर संशोधनसमेत हालिसकेको अवस्था थियो, त्यसलाई रोकेर अध्यादेशबाट लैजाने काम भयो,’ ओलीले भने, ‘कसैलाई पनि नसोधी एकलौटी सच्याएर ल्याउनुभयो, हामीलाई थाहा छैन ।’ उक्त अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई बाध्यकारी नहुने उनको दाबी थियो ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको तर्कको पनि ओलीले प्रतिवाद गरे । बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकारको नेतृत्व हस्तान्तरण गर्न संवैधानिक र कानुनी जटिलता रहेको बताएका थिए । 

ओलीले भने, ‘धारा ७६ (क) मा सरकारबारे प्रस्ट लेखिएको छ, यसमा कुनै अड्चन छैन, संवैधानिक र कानुनी जटिलता त तिनका घरका होलान् । सरकारका प्रवक्ताले तिघ्रा ठटाएर र बडी सो गरेर गरिएको पत्रकार सम्मेलनको अर्थ छैन ।’ तेस्रो पार्टीले शासन चलाउँछ भन्ने बस्नेतको अभिव्यक्तिप्रति ओलीले आक्रोश व्यक्त गरे । मन्त्रीले दिएका अभिव्यक्ति अशोभनीय भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट