२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घर फर्किए म्यादी, अधिकांशको सपना सेना र प्रहरी बन्ने

७ पुष २०७४, शुक्रबार १२:१५

चिसाङ शेर्पा/पुस ७, खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले आजबाट विदाई गरेको छ । 

५५ दिनका लागि नियुक्त भएका उनीहरु विहीबारदेखि सेवा मुक्त भएका हुन् ।सेवा मुक्त हुंदै गर्दा खोटाङमा म्यादी प्रहरीको सपना र जिम्मेवारी घर गृहस्थी चलाउनेदेखी फौजी हुनेसम्म रहेको छ । रुपाकोट मझुवागढी नगरपालिका ५ का २९ वर्षिय बिजय मिश्रको अबको दिनचार्य कृषी पेशा हो । 


म्यादी प्रहरी भर्ना हुनुअघि कृषि पेशामा आबद्ध मिश्रले फर्केर पुन ः त्यही पेशालाई निरन्तरता दिने बताए । कृषिसंगै डिप्लोमा अध्ययन गर्दै लोकसेवाको तयारी गर्ने क्रममा म्यादी भएका उनीले कमाएको पैसा सरकारी कर्मचारी बन्नमा खर्चिने बताए । 

भारतमा प्रविणता प्रमाणपत्र पढाईलाई ग्याप राखेर म्यादीको जागिर खाई घर फर्कर्दै गर्दा हलेसी तुवाचुङ नगरपालिका एकका १८ वर्षिय लाल बहादुर भुजेल स्थाई प्रहरी बन्न कोशिष गर्ने बताए । ५५ दिनको अबधिमा अनुशासित, मित्रवत, साथीहरुको हुलमा दिन बिताउँन पाउँदा खुशी लागेको सुनाए । कमाएको पैसा घरमा आफ्ना बुबा आमालाई घरखर्च गर्न दिने बताए ।

सोही नगरपालिका १ का १९ वर्षिय पबन राईले म्यादी प्रहरी जागिरबाट फौजी जिबनको अनुभव बटुलेको बताए । १२ कक्षामा अध्ययन गदैगर्दा म्यादीको जागिर खाएका राईले कमाएर बाँकी रहेको पैसा आमाबुवालाई दिने सुनाए । प्रहरी तथा म्यादीसंग दिन कटाएका उनलाई घर फर्केपछी केही दिन शुन्य महशुष हुने बताए । आगामी दिनमा आर्मी बन्ने ठूलो सपना रहेको सुनाए । 

बर्षदिनमा २ पटक म्यादी प्रहरी बन्न पाएकी रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाडाँकी १९ वर्षिय युवती निशा राई घर फर्केर नेपाल प्रहरीका लागि ब्यापक तयारी गर्ने सपना रहेको सुनाईन् । स्थानिय निर्वाचनमा म्यादी प्रहरी भएकी उनी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि म्यादी प्रहरी भएकी हुन् । म्यादी हुनु अघिबाट सिलाई कटाई तालिम लिएकी राईले स्थाई प्रहरी बन्न फर्म भरेको सुनाईन् । उनले एसएलसी पास गरेर पढाई छोडेकी हुन् । 

नगरपालिकाको २ नम्बर वडा सोल्माकी २० बर्षिय कृष्ण कुमारी शाही भुजेलको पनि सपना प्रहरी नै बन्ने रहेको छ । दिक्तेलस्थित सरस्वती उच्च माविमा कक्षा १२ मा अध्ययनरत भुजेलले कमाएको पैसा मुख्यत ः पढाईमा खर्चिने बताईन् । उनले भने ‘यो पैसा पढाईमा लगाउँछु अनि पछी प्रहरीमा जागिर खान्छु ।’ 


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्ति स्थापनाका लागि जिल्लामा ९ सय ८२ जना म्यादी प्रहरी भर्ना भएको थियो । जिल्ला प्रहरी कार्यालयमा प्रसंशापत्र दिदै म्यादीलाई विदाई गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । यहाँबाट कोही दुखी भएर फर्केका छैनन्, मेहेनत, अनुशासन, भाईचाराजस्ता अमुल्य कुराहरु लिएर फर्केका छन् । उनीहरुले त्यो कुरा गाउँ र परिवारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले भने, ‘५५ दिनमा उनीहरुले प्रहरीबाट कुनै दुख भोग्न परेन बरु, छुट्ने वेलामा दुखी भएका थिए । अधिकांसको सपना प्रहरी बन्ने छ ।’ 

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीलाई सहयोग गर्न सरकारले देशभर ५८ हजार  २ सय ६८ म्यादी प्रहरी नियुक्त गरेको थियो । उनीहरुलाई सरकारले जनही ५१ हजार रुपैयाँ प्रदान गरेर विदाई गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो