२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को राजधानी नुवाकोट हुनसक्ने यस्तो छ सम्भाव्यता

२०७४, ८ पुष शनिबार ०४:२४

पुस ८, नुवाकोट । कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् । 

नेकपा (एमाले) र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा संयुक्त जारी गरेको ‘अपिलपत्र’मा ‘नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाउन पहल गर्ने’ भनी जनाइएको प्रतिबद्धता कार्यान्वयनका लागि पहल शुरु भएको प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद नारायणप्रसाद खतिवडाले बताउनुभयो । 

“पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि गोरखा राज्यको राजधानी बनाएर नेपाल एकीकरणको सबै काम पूरा गरेका थिए, विसं १८५७ मा पनि गीर्वाणयुद्धविक्रम शाहका पालामा दोस्रो पटक पुनः नेपालको राजधानी नुवाकोट बनाइएकाले गुमेको अधिकार प्राप्त गर्न प्रदेशको राजधानी दाबी गरिएको क्षेत्र नं २ (क) बाट नवनिर्वाचित प्रदेश सदस्य केशवराज पाण्डेले बताउनुभयो । 

पाण्डेले भन्नुभयो “तेह्र जिल्ला सम्मिलित तीन नं प्रदेशको बहुमत जनसंख्या र भूगोलको केन्द्रबिन्दु यहीँ पर्ने भएकाले अरु जिल्लाको साथ पनि नुवाकोटको पक्षमा हुने विश्वास लिएका छाँै ।” 

नुवाकोट बाहिरी जिल्लासँग यायायात सञ्जालमा जोडिएको छ । रसुवा प्रवेशको नाका यहीँ रहेको छ । यहाँबाट नै त्रिशूली–छहरे–टोखा, बालाजु–ककनी–त्रिशूली र गल्छी–त्रिशूली सडक सञ्चालनमा छन् । 

अन्तरराष्ट्रिय मार्गका रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाडौँ राजमार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएकाले प्रदेश केन्द्रका लागि बलियो आधार रहेको क्षेत्र नं १ (क)बाट नवनिर्वाचित प्रदेश सदस्य राधिका तामाङले बताउनुभयो । 

“रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरको लागि सहज पहुँच नुवाकोट छ”, तामाङले भन्नुभयो “टोखा–छहरे सुरुङ मार्ग निर्माणले ४.६ किलोमिटरमा केन्द्रीय राजधानी काठमाडाँैलाई जोड्न लागिएकाले अरु जिल्लासँगको तुलनामा नुवाकोट उत्कृष्ट छनोट हुन सक्छ ।” 

पहाडी जिल्ला भए पनि नुवाकोटको भूगोल तराईका फाँटसरह रहेका छन् । यहाँको हावापानी सबै जातिका लागि अनुकूलित भएको क्षेत्र नंं १ (ख) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य बद्री मैनालीको भनाइ छ । “यहाँ भित्री मधेशजस्तो अति तातो र पहाडी एवं हिमाली भूभाग जस्तो चिसो छैन, यसको विकल्प अरु जिल्लासँग छैन”, उहाँको जिकिर छ । 

प्रदेश राजधानी निर्माणका लागि जिल्लाका पीपलटार, माझीटार, बट्टार, विदुर हँुदै ऐतिहासिक साततले दरबार परिसरसम्म, देवीघाट, जिलिङ, रातमाटे हुँदै कोल्पुटारसम्म र ढिकुरे हुँदै थानसिंहको समथरफाँटसम्म भौतिक संरचना निर्माण र शहरी विकास दुवैका लागि पर्याप्त जग्गा छन् । 

निर्माणाधीन केन्द्रीय कारागार, स्टाफ कलेजका लागि सम्भावित स्थान छनोटको तयारी, पूर्वराजपरिवारको नाममा रहेर हाल राष्ट्रियकरण गरिएको २३२ रोपनी खुला जग्गा नयाँ शहर निर्माणको पर्याप्त आधार हुन् । 

“मुलुकभरका अपराधी राख्ने कारागार र उपत्यकाको फोहर फ्याँक्ने डम्पिङ क्षेत्र यहाँ छन्, आवश्यक मापदण्ड पूरा हुँदासमेत ३ नं प्रदेशको राजधानी नुवाकोट किन नहुने ?” मैनालीको प्रश्न छ । 

तीन नं प्रदेशमा वाम गठबन्धनले स्पष्ट बहुमत पाएकाले सरकार पनि उसैको हुने निश्चित छ । यहाँको विकासका लागि भारतसँग भन्दा पनि चीनसँगको सामीप्यता र ‘कनेक्टिभिटी’ अर्थपूर्ण हुने क्षेत्र नं २ (ख)बाट नवनिर्वाचित प्रदेशसभा सदस्य हीरानाथ खतिवडाको भनाइ छ । 

“४ नं प्रदेशबाहेक अरु प्रदेशको राजधानी भारतीय सीमा नजिक हुने देखिएकाले चीनसँग रणनीतिक लाभ लिन ३ नं प्रदेशको केन्द्र यहाँ तोक्न सबैको समर्थन हुनेछ” उहाँको विश्वास छ । 

नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातको पहुँच राम्रो भएको बताउनुभयो । 

“यहाँ प्रशस्त बेँसी र टार, त्रिशूली, तादी र लिखुलगायतका नदीको स्रोत, विद्युत् उत्पादनको लागि ‘हब’, केरुङ–ठोरी मार्ग, चीन र भारत दुवैतिरबाट इन्धन ल्याएर भण्डारण गर्न सक्ने स्थल रहेकाले प्रदेशलाई बलियो बनाउने भूमि नुवाकोट नै हो” उहाँको जिकिर छ ।” 

पर्यटन व्यवसायी सुमन पाण्डेका अनुसार भोटसन्धि र तिब्बती सेनासँगको युद्धमा विजय प्राप्त गरी सामरिक महत्व बोकेको नुवाकोटमा धार्मिक र पर्यटन प्रवद्र्धन गर्नसमेत सम्भावना पर्याप्त छ । 

“जालपादेवी, भैरवी, दुप्चेश्वर– कपिलेश्वर– चिम्टेश्वर महादेव, वेत्रावती उत्तरगया धाम, रसुवाको गोसाइँकुण्ड धार्मिक पर्यटकस्थलको ढोका नुवाकोट नै हो”, पाण्डेले भन्नुभयो “ नेपाल–चीन–भारत जोड्ने थलो नुवाकोट रहेको छ, त्रिशूली नदीमा ¥याफ्टिङ, ककनीमा रमाइलो लिन र ककनीका छहरामा छाँगारोहण गर्न आकर्षण बढ्दैछ, नुवाकोट दरबार परिसरबाट प्याराग्लाडिङ गर्न सकिन्छ, लाङटाङ पदमार्गसमेत यहीँ हँुदै जाने भएकाले खेल र साहसिक पर्यटन क्षेत्रका सम्भावना यहाँ पाइन्छ ।” रामहरि न्यौपाने/रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह