१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी अन्तिम चरणमा पुग्दैछौं, एकताको विकल्प छैन’ – प्रचण्ड

९ पुष २०७४, आईतवार ०६:०३

पुस ९, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकताको अन्तिम चरणमा पुगेको भन्दै शंका नगर्न आग्रह गरेका छन् ।

चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रचण्डले सञ्चार माध्यममा केही भ्रम फैलाइएको भन्दै भ्रमकोपछि नदौडन आग्रह गरे । एमाले र माओवादी पार्टी एकताबाट पछि फर्किने ठाउँ नै नराखि अघि बढिसकेको बताउँदै प्रचण्डले एकता प्रक्रिया गम्भीरताका साथ अघि बढेको दावी गरे । ‘पार्टी एकता गम्भीरताका साथ अघि बढेको छ, हामी अन्तिम चरणमा पुग्दैछौं,’ उनले भने, ‘पछि हट्ने कहिकतै कसैले कल्पनासमेत गरेको छैन ।’

चुनाव पछि समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले पछाडि फर्किने ठाउँ नै नराखेको भन्दै प्रचण्डले एकताको विकल्प नै नभएको बताए । ‘हामीले पुल भत्काएर अगाडि बढेका हौं, फेरि फर्किने ठाउँ राखेर अघि बढेको होइन,’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीजी र मैले पुल बाँकी राखेपछि फर्किने खतरा हुन्छ भत्काइदिऔं भनेर भत्काइएको हो, अब एकताको विकल्प छैन ।’ उनले अब पार्टी एकता हुन नदिने प्रयास भएको भन्दै त्यो अब सम्भव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य