Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

गाउँपालिका प्रमुखलाई शहिद परिवारको चिट्ठी: जन चाहानाअनुरुप चल्नुपर्छ कि आफुखुसि चल्नुपर्छ ?

२०७४, ९ पुष आईतवार १४:१४

आदरणीय प्रमुख बिर बहादुर केसी ज्यु नमस्कार !

तपाई सहिद परिवार हुनुहुन्छ । म पनि एक सहिद परिवारको सदस्य हु । मेरो दाइँ कुल बहादुर घर्ति ‘क. प्रज्वल’ ले अर्घाखाँचीको सन्धिखर्क लडाइको मोर्चा सम्हाल्दै गर्दा ज्यान गुमाउनु भएको थियो । दाइले आफ्नो जीवन केवल म र मेरो परिवारका लागि गुमाउनु भएको होइन, देश र जन्ताको लागि गुमाउनु भएको थियो ।

तपाईकि श्रीमतीले पनि देश र जनताको लागि जीवन अर्पण गर्नु भयो । प्रमुख ज्यु, हामी सहिद परिवारहरुले, तिनै मरेकाहरुको नाममा अघाउन्जेल ब्याज भुलेर पनि खान खोज्ने होइन ।

शहिदको सम्मान घर भित्रको एउटा परिवारले खोज्ने पनि होइन, सिंगो समाजले आफै प्रदान गर्ने हो । आफ्नो सहिद श्रीमतीको सम्मान, तपाई आफैले खोज्ने होइन, यो समाजले बुझ्ने कुरा हो । मैले मेरो दाइको शहिद भएको सम्मान मैले खोज्ने होइन, त्यो समाजले आफै बुझ्ने छ ।

मेरो मतलब हाल रोल्पा जिल्लाको सुकिदह गाउँपालिका केन्द्रको स्थान र नाम फेर्ने कुराले कचिङ्गल उत्पन्न भईरहेको छ । त्यसमा पनि तपाइले आफ्नो शहिद श्रीमतीको नाममा गाउँपालिकाको नाम फेर्ने कुराले धेरैलाई न्यास्रो बनाएको छ । 

शहिदको सम्मान स्वरूप सहिदको नाममा गाउँपालिकाको नाम फेर्ने कुरा जायज होला तर उक्त कुराको छिनोफानो जनताले गर्न पाउनु पर्छ, जनताले नै अनुमोदन गर्न पाउनु पर्छ भन्ने मेरो तर्क हो ।

हो…हजारौ सहिदको बलिदानीले तपाईको भाषामा सिंहदरबारको अधिकार गाउँगाउमा आयो तर तपाई जनप्रतिनिधिहरुको एकलौटी शैलीले छोटे राजाहरुको नियति पनि गाउँगाउमा घुस्यो कि भन्ने आवास हुन्छ, प्रमुख ज्यु । सहिदको सम्मान समाज परिवर्तनले दिने हो, भूगोलको नाम परिवर्तनले दिने होइन । बिकाशले दिने हो तर गाउँपालिकाको नाम शहिदको नाम झुराउदैमा सम्मान हुनेहोइन । 

खासगरि आज स्थानीय सत्ता तपाई हाम्रो हातमा आएको यो बेला बिकाशका कुरा हुनुपर्ने हो । योजनाका बिषयमा बहस हुनुपर्ने हो तर रोल्पाको सुकिदह गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गराउने बिषयले किन कचिङ्गल मचाई रहनु भएको छ ? प्रमुख ज्यु ।


जनताले चुनेका जनप्रतिनिधिहरु जन चाहाना अनुरुप चल्नु पर्छ कि आफु खुसि चल्नु पर्छ, त्यो नयाँ संबिधानले बोलिरहेको छ तर राणाकालको जस्तो जंग बहादुर शैलीमा रातारात निर्णय हुने जमाना हराए प्रमुख ज्यु ।

यदि गाउँपालिकाको केन्द्र र नाम फेर्नु नै थियो भने उक्त सुकिदह गाउँपालिकाका जनताहरु संग अन्तर्क्रिया गरेर निर्णयमा पुगेको भए के हुन्थ्यो तर आफु खुसि निर्णय गर्ने अधिकार कसले दियो ? कि तपाईहरु सिहदरबारले खटाएका छोटे राजाहरु हो ?

आर्को ठुलो गम्भीर आरोप लाग्ने गरेको छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु जग्गा धन्दामा लागे भनेर, यो अत्यन्त दुखद कुरा छ । २ नम्बर वडाका अध्यक्ष भुपाल दमाइ ज्युले सानडाँडाको ४४६ कित्ता नम्बरको मोहोन सिङ घर्तीकि बिधुवा बुहारीको जग्गा रातारात ७० हजारमा किनेर ८ लाखको मासा हालेर आफ्नो नाउमा बनाउने, अनि त्यहि जग्गा गाउँपालिकामा बिक्रि गर्ने नियति राम्रो हुँदै होइन । ८ लाख मासा हालेर भुपालले आफ्नो नाममा पास गराएको जग्गा आज पचासौ लाखमा बिक्रि हुनेभयो ।

त्यसो भए, राज्यका योजनाहरु तिम्रा हातमा छन् र आज ७० हजार परेको जग्गा ५०औ लाखमा बिक्रि हुने भए तर आखिर ति बिधुवा महिला केवल ७० हजारमा खुम्चिन बाध्य भइन नि हैन र प्रमुख ज्यु ? के यो अत्याचार होइन ? तिनै बिधुवा सामु मुख देखाएर बस्नु पर्दैन ? बिधुवा महिलाको घर जग्गा सस्तोमा खरिद गरेर शहिदको नाम बेच्न मिल्ला र ? आखिर तिनले पनि त श्रीमान गुमाएकी छन् नि होइन ?

ठिक छ यदि उक्त ठाउमा गाउँपालिका बनाउनु नै थियो भने जग्गा धनिबाटै सिधै जग्गा खरिद गरि गाउँपालिका बनाउन किन सकिन्थ्यो ? बिचारी बिधुवालाई दुई पैसा भए उनका चिचिलाहरू पढन लेख्न पाउथे । यस्तो धन्दा सुनियोजित ढंगबाट तपाई केहि व्यक्तिहरुको मिलेमतोमा बनाइएको कुरा कहिँ कतै लुक्दैन प्रमुख ज्यु । यो शहिदको नाममा ठुलो गद्दारी र बदनामी हो ।

राज्यका योजनाहरुलाई अंकुश लगाएर योजनाहरुलाई आफुखुसि डाइभर्ट गर्दै कमाउ धन्दामा लाग्नु अपराधिक कार्य हो । यो सरासर गलत छ । यदि त्यहि ठाउमा केन्द्र बनाउने हौ भने वडा अध्यक्ष भुपाल दमाईले लिएको जग्गा तुरुन्त फिर्ता गर अनि ति बिधुवा महिलाबाट गाउँपालिकाले चल्तीको मूल्य अनुसार जग्गा खरिदगरि केन्द्र बनाउ नत्र तिमीहरु महा लुटेरा हौ ।

सहिदको सम्मान गर्नुनै छ भने सुकिदह गाउँपालिका भित्र एउटा सहिद पार्क बनाउ । त्यसमा जनताले साथ् दिनेछन । सुकिदह नाम आफैमा धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउ हो यसलाई पर्यटन क्षेत्रका रुपमा केवलकार हालेर बिकाश गरौ र पर्यटन क्षेत्र बनाइ दुनियालाई आकर्षणको केन्द्र बनाउ ।

नत्र लुटको धन्दा सुरु गरिसकेउ, अब सुकिदहलाई धुलोमा मिलाउ । तपाई जनप्रतिनिधिहरुका हरेक योजनाहरु हामीले नजिक बाट हेरिरहेका छौ । राज्यबाट आउने हरेक योजनाहरुलाई कमिसन मुखी बनाएर पैसा असुली तिर लगाउदै हुनुहुन्छ । यसको लेखाजोखा आर्को पत्रमा बिस्तार गरौला ।

उही शहिद प्रज्वलको भाई ‘जय प्रकाश घर्ति’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ