२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्षको भारतमा ४ वटा कोठी भएको खुलासा

२०७४, १० पुष सोमबार ०२:१०

पुस १०, काठमाडौं । महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेदीस्थित वडाध्यक्षकै कार्यालयबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर  गाउँपालिका १ का तीन जना पीडित महिलाले उनीविरुद्ध सिआईबीमा जोहरी दिएका छन्।

सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर वडा नम्बर १ का वडाध्यक्ष भएको उनले बताए।

प्रहरीका अनुसार तामाङले भारतको नयाँ दिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागार्छे १५, कोलकत्ता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन्।

उनको दिल्लीमा ३५, सोना गार्छेमा २७ कोलकत्तामा १५ र मुम्बईमा ८ जना युवतीहरू छन्। पीडितको बयानका आधारमा सबै कोठी उनकी श्रीमती राधा तामाङले चालाइरहेकी छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै