२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला यात्रुको कारण यूएईको बिमान ट्युनिसियामा अवतरण गर्न प्रतिवन्ध !

२०७४, १० पुष सोमबार ०६:०८

पुस १०, काठमाडौं । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (यूएई)को जहाजलाई राजधानी ट्युनिसमा अवतरण गर्न रोक लगाएको छ । ट्युनिसियाका धेरै महिलाहरुलाई विमानमा यात्रा गर्न अनुमति नदिएको भन्दै ट्युनिसया सरकारले यो कदम उठाएको हो ।

ट्युनिसियाको यस कुराको विरोध हुँदै आएको थियो भने इमिरेट्स एयरलाइन्सप्रति आक्रोश थियो । यातायात मन्त्रालयले एक विज्ञप्तिमार्फत् भनेको छ, ‘जबसम्म इमिरेट्सले अन्तर्राष्ट्रिय सम्झौता र कानुनलाई ध्यानमा राखेर विमान सेवा प्रदान गर्दैन तबसम्म यो प्रतिवन्ध जारी रहने छ ।’

एयरलाइन्सले भने सुरक्षाको कारण ट्युनिसियाका महिलाहरुलाई विमानमा प्रतिवन्ध लगाएको जनाएको छ । संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री अनवर गार्गशले भने ट्युनिसियाका महिलाहरुप्रति सम्मान रहेको बताएका छन् । उनले ट्वीटरमार्फत् भनेका छन्, ‘हामीले हाम्रा ट्युनिसियाका भाइहरुसँग विशिष्ट प्रक्रियाका लागि जरुरी सुरक्षा जानकारीका बारेमा कुरा गर्‍यौं । हामी ट्युनिसियाका महिलाहरुलाई सम्मान गर्दछौं ।’


यसअघि ट्युनिसिया सरकारले यूएईले ट्युनिसियाका महिलाहरुलाई विमानमा यात्रा गर्न र आफ्नो सीमा हुँदै हिँडडुल गर्न प्रतिवन्ध लगाएको बताएको थियो ।

ट्युनिसिया सरकारले शुक्रबार युएईका राजदूतसँग यसबारेमा स्पष्टीकरण मागेको थियो जसको जवाफमा यूएईले प्रतिवन्ध अस्थायी थियो र यसलाई हटाइसकिएको छ ।

स्थानीय मिडियाका अनुसार ट्युनिसियाका महिलाहरुले दुबईबाट फ्लाइट बोर्ड गर्न रोक लगाइएको थियो । सन् २०११ मा भएको क्रान्तिपछि संयुक्त अरब इमिरेट्ससँग ट्युनिसियाले आफ्नो सम्वन्ध सुधार्ने कोशिस गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ