2026-07-26 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आठ गाउँपालिमा सकियो ‘खोटाङ आईडल’, छनौटमा बालकदेखी बयष्कसम्म

चिसाङ शेर्पा/पुस ११, खोटाङ । नेपाल आईडल समापनको माहोल सेलाउदै गर्दा पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । 

जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ । दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । हालसम्म आठ गाउँपालिकामा पहिलो चरणको अडिसन सकिंएको छ । त्यहाँबाट बालिकादेखी युवायुवती र बयष्कसम्म दोश्रो अडिसनका लागि छनौटमा परेका छन् । 

गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु आईडलको अब २ नगरपालिकामा तीन स्थान पहिलो चरणको अडिसन हुन बाँकी छ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शोमा साकेला गाउँपालिकाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १० र लामिडाडाँ गाउँपालिकाबाट ७ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।

केपिलासगढी गाउँपालिका बाक्सिलामा छनौट भएकी खोटाङ आईडलका प्रर्तिस्पर्धी १२ बर्षिय कञ्चन राई । तस्बिर सौजन्य: जिबन कुमार राई

आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाका अनुसार गाउँपालिकाको पहिलो चरण अडिसनबाट ८७ जना दोश्रो चरणमा भाग लिन सफल भएका छन् । छनौटमा परेका प्रर्तिस्पर्धीहरु छिटफुट बाहेक प्राय ः साना उमेरका छन् । उमेरमा साना भएता पनि कला र गलामा निखारता भएका प्रतिभाहरु छन् । 

“उनीहरुले जिल्लालाई गायनको क्षेत्रबाट योगदान पु¥र्याउछन् भन्ने उद्देश्यले दोश्रो अडिसनका लागि हामीले छनौट गरेका हौ । कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । राईका अनुसार छनौट भएका ८७ जनामा अधिकांसको उमेर २० वर्षभन्दा तल रहेको छ ।” 

गाउँपालिका र नगरपालिमा रहेका सहआयोजक सँगको सहकार्य तथा प्रवासमा रहेका खोटाङगेहरुको आर्थिक सहयोगमा करीब ९ लाखको लागतमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शोमा लामिडाडाँ गाउँपालिका खार्पा २ बाट १० वर्षिय बालिका ईशारा चेली राई र केपिलासगढी गाउँपालिका बाकाचोलदेखी १२ बर्षिय कञ्चन राई खोटाङ आईडलको दोश्रो अडिसनका लागि छनौमा परेकी छन् ।

पहिलो अडिसनका लागि संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य भक्त बिक र पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई जर्जमेनबाट छानिएका उनीहरु हालसम्मको प्रर्तिस्पर्धीमध्ये गायनमा अब्बल रहेका छन् ।

आयोजकका अनुसार पुस १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपा पञ्चेदोबाटो र १७ गते दिक्तेलमा पहिलो चरणको अडिसन सकिनेछ ।  

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ