१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडोमा यसरी सुरक्षित हुनुहोस

११ पुष २०७४, मंगलवार १२:२५

चिसाङ शेर्पा,खोटाङ । जाडो महिना शुरुवातसंगै मानब स्वास्थ्यमा विभिन्न रोगहरुले संक्रमण गर्ने संम्भावना अत्याधिक मात्रामा हुने चिकित्सकको भनाई रहेको छ । 

गर्मीयाममा भन्दा जाडोको सिजनमा सानातिना रोगहरुले चाँडै समात्ने उनीहरुको भनाई छ ।  

जिल्ला अपस्ताल खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीका अनुसार “जाडो महिनामा बालबालिका, गर्भवती र बृद्धबृद्धाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । रुघाखोकी, दम र सिजनल फ्लुजस्ता रोगहरुले उनीहरुलाई बढी सताउँने गर्दछ ।”

स्वास्थ्यको हिसाबले बालबालिका, गर्भवती र बृद्धबृद्धालाई पहिलो प्राथमिकतामा हेरिए पनि जाडोयाममा सबैले धेरै मात्रामा चिसोबाट बच्नुपर्ने हुन्छ । चिसोले मुख्यतः ओठ, कुर्कुचा, छाला फुट्ने गर्दछ । साधारण रोग लागे पनि निको हुन लामो समय लाग्ने डा. केसीले बताए ।   

जाडोबाट बच्नका लागि न्यानो कपडाहरु, टोपी, सुईटर, ट्राउजर, मोजा लगाउने गरेमा टाउको तथा खुट्टाको पैतालाबाट चिसोले आक्रमण गर्दैन । चिसो समयमा बाहिर धेरै हिंडडुल कम गर्ने, तातो झोलिलो पदार्थ धेरै पिउने गरेमा चिसोबाट टाढा रहन सकिने डा.केसीको भनाई छ । 

चिसोका कारण मानिसले सरसफाईमा कम मात्रामा ध्यान दिने भएकाले शरीरमा विभिन्न किसिमका फोका, बिबिरा आउने गर्छन् । तातोपानीले शरीर सफाई र ओढ्ने, ओछ्याउने कपडालाई हप्ता दिन अन्तरमा सफागरी घाममा सुकाएर पुनः प्रयोग गरेमा त्यस्ता समस्याबाट छुटकारा मिल्ने चिकित्सकहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित