२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडोमा यसरी सुरक्षित हुनुहोस

२०७४, ११ पुष मंगलवार १२:२५

चिसाङ शेर्पा,खोटाङ । जाडो महिना शुरुवातसंगै मानब स्वास्थ्यमा विभिन्न रोगहरुले संक्रमण गर्ने संम्भावना अत्याधिक मात्रामा हुने चिकित्सकको भनाई रहेको छ । 

गर्मीयाममा भन्दा जाडोको सिजनमा सानातिना रोगहरुले चाँडै समात्ने उनीहरुको भनाई छ ।  

जिल्ला अपस्ताल खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीका अनुसार “जाडो महिनामा बालबालिका, गर्भवती र बृद्धबृद्धाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । रुघाखोकी, दम र सिजनल फ्लुजस्ता रोगहरुले उनीहरुलाई बढी सताउँने गर्दछ ।”

स्वास्थ्यको हिसाबले बालबालिका, गर्भवती र बृद्धबृद्धालाई पहिलो प्राथमिकतामा हेरिए पनि जाडोयाममा सबैले धेरै मात्रामा चिसोबाट बच्नुपर्ने हुन्छ । चिसोले मुख्यतः ओठ, कुर्कुचा, छाला फुट्ने गर्दछ । साधारण रोग लागे पनि निको हुन लामो समय लाग्ने डा. केसीले बताए ।   

जाडोबाट बच्नका लागि न्यानो कपडाहरु, टोपी, सुईटर, ट्राउजर, मोजा लगाउने गरेमा टाउको तथा खुट्टाको पैतालाबाट चिसोले आक्रमण गर्दैन । चिसो समयमा बाहिर धेरै हिंडडुल कम गर्ने, तातो झोलिलो पदार्थ धेरै पिउने गरेमा चिसोबाट टाढा रहन सकिने डा.केसीको भनाई छ । 

चिसोका कारण मानिसले सरसफाईमा कम मात्रामा ध्यान दिने भएकाले शरीरमा विभिन्न किसिमका फोका, बिबिरा आउने गर्छन् । तातोपानीले शरीर सफाई र ओढ्ने, ओछ्याउने कपडालाई हप्ता दिन अन्तरमा सफागरी घाममा सुकाएर पुनः प्रयोग गरेमा त्यस्ता समस्याबाट छुटकारा मिल्ने चिकित्सकहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस