१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन फुकेन गाँठो: राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?

१२ पुष २०७४, बुधबार ०२:३५

पुस १२, काठमाडौँ । समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब' दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडानमा सत्तासीन कांग्रेस छ भने राष्ट्रियसभा फरक सभा भएको भन्दै समानुपातिकको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनले आयोगलाई आग्रह गरिरहेका छन्।

यतिखेर राष्ट्रियसभा निर्वाचनलाई लिएर पार्टीहरू ध्रवीकृत भएका छन्। सत्ताको नेतृत्व लिन तम्तयार एमाले समानुपातिकको नतिजा जतिसक्दो चाँडो सार्वजनिक हुनुपर्ने र त्यससँगै सरकार गठनको सुरुवात गर्ने दाउमा छ भने सरकार गठनमा अलमल गरी राष्ट्रियसभामा आफ्नो उपस्थिति केही बलियो बनाउने दाउमा कांग्रेस छ।

एमाले नेता एवं पूर्वसभामुख सुवास नेम्बाङ कांग्रेसको सर्तसँग सहमत छैनन्। ‘जनमत गुमाइसकेको सरकारले नयाँ सरकारसँग सर्त राख्न मिल्छ', नेम्बाङको तर्क छ, ‘समानुपातिकको नतिजा राष्ट्रियसभासँग जोड्न मिल्दैन। समानुपातिकको नतिजा सार्वजनिक गरी निर्वाचन आयोगले सरकार गठनको बाटो खोलिदिनुपर्छ।'

समानुपातिकको नतिजा सार्वजनिक भएसँगै धारा ७६ बमोजिम सरकार गठन हुने एमालेको तर्क छ। धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेता, त्यो नभए दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद, त्यो पनि नभए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। तर, कांग्रेसले राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार गठनको सर्त राखेपछि एमाले र माओवादी केन्द्र अप्ठ्यारोमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित