डोटी उघोग बाणिज्य संघको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डोटी उघोग बाणिज्य संघको आयोजन"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आन्दोलन सुरु

२०७४, १२ पुष बुधबार १०:४४

प्रकाश बम/पुस १२, डोटी । ७ नम्बर प्रदेशको राजधानि दिपायल नै हुनु पर्छ भन्ने बिषयमा दिपायलमा आज अन्तरक्रिया कार्यक्रम गरीएको छ ।

डोटी उघोग बाणिज्य संघको आयोजना सो अन्तरक्रिया कार्यक्रम गरीएको हो । अन्तरक्रिया कार्यक्रम पछि राजधानि दिपायलमा बनाउनका लागि दबावका कार्यक्रम पनि सार्वजनिक गरीएका छन् । 


आज देखि पुस १८ गते सम्म बिभिन्न कार्यक्रम तय गरीएका छन् । आज पहिलो दिन अन्तरक्रिया तथा पिपल्ला बजारमा ¥याली गरेर रोडमा दबाबका कार्यक्रम र्साजनिक गरीएको थियो । 

त्यस्तै भोलि पुष १३ गते दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दिपायल राजधानीका लागि ध्यानाकर्षण पत्र बुझाउने, पुष १४ गते दिउँसो १ बजे पिपल्ला, राजपुर लगाएत बजार क्षेत्रमा मौन जुलुस प्रदर्शन, पुष १५ गते दिउँसो १ बजे कुलपाते क्षेत्रमा २ घण्टा चक्काजाम गरी कोण सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ । 


त्यस्तै पुष १६ गते दिउँसो १ बजे पिपल्ला बजार क्षेत्रमा कोण सभा, पुष १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्याली र पुष १८ गते दिउँसो १ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडी दवावमूलक साहित्यिक कार्यक्रमको आयोजना गर्ने लगाएतका कार्यक्रम सार्वजनिक गरिएको छ । 

साता ब्यापि दबाबलाई केहि सहयोग पुगोस भन्दै बिभिन्न ब्यक्तिहरुले स्वतस्फुर्त रुपमा रु २० हजार आर्थिक सहयोग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा