२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्ण सरसफाइ नहुँदा फोहोरको ड्ङगुर बन्दै डोल्पा

२०७४, १४ पुष शुक्रबार १०:४०

टेक शाही | पुस १४, डोल्पा| (सास) | कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ । गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । 

सन २०१७ भित्र नेपाललाइ खला दिशामूक्त देश घोषणा गर्ने लक्ष्य अनरुप डोल्पा जिल्लालाइ पनि हतार मै घोषणा गरियो । जिल्लालाइ खुला दिशामूक्त घोषणा गर्ने बेलामा पूर्ण सरसफाइका कामहरु तिव्र पार्ने भन्दै घोषणा गरिए पनि २ महिना बिति सक्दा पनि पूर्ण सरसफाइका कुनै पनि क्रियाकलापहरु हुन सकेका छैनन । 


जिल्ला खुला दिशामुक्त घोषणा पछि पूर्ण सरसफाइका क्रियाकलापहरु नभए पछि यति बेला डोल्पाको सदरमुकाम फोहोरको ड्ङगुर भएको छ । भेरि नदिको किनारमा रहेको सदरमुकाम दुनैमा बाक्लो बस्तिको ढल भेरिमा मिसाउने गरे पछि भेरि पूरै दुर्गन्धीत भएको स्थानिय अर्जुन हिराचन बताउछन । उनका अनुसार जिल्ला खानेपनि सरसफाइ तथा स्वच्छता समन्वय समितिले हतार मै घोषणा ग¥यो दुनै बजार र भेरिको अबस्था झन फोहोरले  ड्ङगुर हुदै गएको बताए । 

साघुरो बजार र होटेल,किराना पसल र फेन्सी पसलबाट दैनिक सयौं केजि फोहोर भरिमा फाल्ने गर्दा भेरि नदि झनै फोहोरको ड्ङगुर भएको योगेन्द्र बुढाले बताए । उनका अनुसार बजार तथा होटेलबाट निष्कने फोहोर ब्वस्थपनको लागि स्थानिय सरकारले फोहोर ब्यवस्थापन केन्द्रको ब्यवस्था गर्नु पर्ने सझाब दिए । उनि भन्छन भेरिमा फोहोर फाल्नु बाध्यता हो फोहोर ब्वस्थापन सम्बन्धीत निकायले गर्न आवस्यक छ । 


सदरमुकम दुनैमा नै ४० भन्दा धेरै घरले भेरिमा सौचालयको ढल मिसाएका छन । पूर्ण सरसफाइका क्रियाकलाप कहिलेबाट हन्छन त भन्नेर जिल्ला खोनी सरफाइ तथा स्वच्छता समन्वय समितिलाइ बुझदा स्थानिय सरकारले गर्ने हो भन्ने जवाफ दिन्छ । तर उता स्थानिय तहमा भने कर्मचारि बिहिन भए पछि कस्ले जवाफ दिने र कस्ले कार्यान्वयन गर्ने भन्ने कुनै पनि टुङगो छैन । 

सदरमुकामकै अबस्था दयनिय भए पछि गाँउगाँउको अबस्था झन भन्न नसकिने अबस्थामा रहेको नागरिकहरु बताउछन । स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा काम गर्ने दर्जनौ संघसँस्था र सरकारी निकाय भए पनि डोल्पाको अबस्था सरसफाइमा जिल्ला खुला दिशामूक्त पछि झनै खस्किदै गएको बुद्धिजीविहरु बताउछन । 

साबिकको २३ गाविस र हालको २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानीय तह रहेको डोल्पा जिल्लामा सरसफाइको अबस्था निकै कम्जोर अबस्थामा रहेको पाइन्छ । खुला दिशामूक्त जिल्ला घोषणा गर्नको लागि मापदण्ड पूरा नभएको भनेर स्थानीयहरुले बिरोध गर्दैगर्दा पनि (डिवाससीसी)ले कार्तिक ९ मा घोषणा गरेको थियो । 


भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा अहिले पनि करिव ३० प्रतिशत घरमा सौचालय छैनन । त्यसै गरि करिव २० प्रतिशतले भएका सौचालय पनि प्रयोग गर्दैनन र बाकी घरधुरिले चर्पि प्रयोग गरे पनि ब्यवस्थित सौचालय भने छैनन । 

सौचालय बनाउन अल्छी गर्ने अरुको सौचालय प्रयोग गर्ने अधिकाँश नेपाल सरकारका कर्मचारिहरु नै रहेको जिल्लामा काम गर्ने गैर सरकारि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सर्वसाधारण नागरिकले सौचालय निमार्ण गरेका छन र धेरै जसो प्रयोगमा पनि छन । तर धनि बर्गमा गनिने र कर्मचारि वर्गका ब्यक्तिको घरमा सौचालय छैन र भएका पनि ब्यवस्थित छैनन । 

सदरमुकाम दुनैमा पनि अधिकांश धनि र कर्मचारिहरुका घरबाट नै भेरिमा सौचालयका ढल मिसाएको (डिवाससीसी)ले जानकारि गारएको छ । एक बर्षमा बजारको छेउमै बगेको भेरि नदिको पानि अञ्जुली हालेर खाने बनाउने प्रतिबद्धता जनाएका ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाही आफै गुमनाम भएका छन । स्थानीय तहले सुन्दर सदरमुकाम दुनै बनाउने र पर्यटकको गन्तब्य बनाउने भने पनि स्थानीय तह नै सुस्ताए पछि भेरि नदिले फोहोरको ड्ङगुर भएर थेगी रहेको छ । 

जिल्लामा अहिले पनि हेर्ने हो भने सौचालय नबनाएका अधिकांश दलित घरपरिवार नै भएको पाइन्छ । २०६५ बाट डोल्पा जिल्लाका गाविसहरु खुला दिशामुक्त घोषणा गर्न लागेको भए पनि दलित परिवारमा नै धेरै सौचालय निमार्णमा समस्या भएको किर्डाक नेपाल डोल्पाका संयोजक सुरेन्द्र ढकालले बताए । उनका अनुसार सरकारले बिभिन्न खाले अनुदान दिएको भए पनि जग्गाको अभाव र सौचालय निमार्णको लागि आर्थिक अभाबको कारण पहिलो भएको बताए । 

डोल्पा जिल्लाका सबै गाँउ तथा बस्तिहरुमा सौचालय निमार्ण भएका तर पानिको अभावको कारण सौचालय प्रयोग नहुने गरेको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष बबिकिशोर गूूरुङले बताए । उनले भने खानेपानि नै छैन अधिकांश बस्तिमा सौचालय प्रयोगको कुरा फरक हो । उनि भन्छन पानि नभएर सौचालय प्रयोग गर्न सकिदैन पहिले एक घर एक धारा हुनु पर्छ । पानि नभएर कुनै पनि सरसफाइका क्रियाकलाप नहुने नागरिकको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी