२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षकको पेशागत हक हितको लागि संगठन सधै तयार छ: अध्यक्ष रावल

१५ पुष २०७४, शनिबार १५:५५

पुस १५, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षकको पेशागत हकहितको लागि आफ्नो संगठनले निरन्तर आवाज उठाउँदै आईरहेको बताउनु भएको छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलबजार नगर संगठन समितिको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला अध्यक्ष रावलले स्थापना कालदेखि नै शिक्षकका हक अधिकारका लागि संगठनले आवाज उठाएको र अहिले ट्रेड युनियन अधिकारको माग पूरा हुने क्रममा रहेको बताउनु भयो । 

रामारोशन गाउँपालिकाको चाफमाण्डौमा बसेको जिल्ला संगठनको ३८ औँ बैठकले जिल्लाका १० वटै स्थानीय तहका अधिवेशन गर्ने मिति तय गरेको आधारमा अहिले अधिवेशन भैरहेको भन्दै अध्यक्ष रावलले पौष २२ गते शिक्षक हित सहकारी र माघ १९ र २० गते जिल्ला अधिवेशन गर्ने गरी काम भैरहेको बताउनु भयो । केही स्थानीय तहले अहिले सम्म पनि कात्तिक महिनादेखिको शिक्षकको तलब निकाशा नगरेको पाईएको भन्दै उहाँले तत्काल शिक्षकको तलब निकाशा गर्नुपर्ने बताउनु भयो । 


कतिपय अवस्थामा शिक्षकमाथि विभेद भएको पाईएको भन्दै यसको शशक्त प्रतिबाद गर्ने बताउनु भयो । नगर तदर्थ समितिका संयोजक लोकेन्द्र चलाउनेको अध्यक्षतामा भएको अधिबेशनका बिशिष्ट अतिथि शिक्षक संगठनका सल्लाहकार संयोजक रत्न प्रसाद ढुंगानाले शिक्षक संगठनले देशकै शैक्षिक गुणस्तर वृद्धि र शिक्षकका पेशागत अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । 

शिक्षक पनि जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ अग्रसर हुनुपर्ने उहाँको भनाई छ । अब आफ्नो अधिकारको लागि शशक्त आवाज उठाउनुपर्ने भन्दै स्थानीय तहहरुले शिक्षाका माग सम्बोधन गर्न ढिला गर्न नहुनेमा उहाँले जोड दिनुभयो । 

अधिवेशनमा एमाले जिल्ला सचिवालय सदस्य तथा कमलबजार नगर ईन्चार्ज बल बहादुर कुँवरले समाजको परिवर्तन, अन्याय अत्याचारको अन्त्य र विभेद न्यूनिकरणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै यसका लागि शिक्षक अग्रसर हुनुपर्ने बताउनु भयो । 

अहिले कतिपय स्थानीय तहमा जनप्रतिनिधि समेत विधि र नियम विपरीत गईरहेको भन्दै यसमा शिक्षक संगठनले प्रतिवाद गर्दै शशक्त आवाज उठाउनुपर्ने उहाँको भनाई छ । 

अब बाम सरकार बन्ने र त्यसपछि शिक्षकका हक अधिकारलाई अझै सुरक्षित गर्दै लैजाने उहाँको भनाई छ । उहाँले बाम सरकार बनेपछि पनि संगठनमा आवद्ध शिक्षकले अझै मेहनती, अनुशाशित, मर्यादित र प्रभावकारी ढंगले शिक्षण गरी शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । 

शिक्षक संगठनका जिल्ला उपाध्यक्ष लोकराज न्यौपानेले अब विधि भन्दा पनि प्रविधिको माध्यमबाट शिक्षण गर्नुपर्ने बेला आएको भन्दै यसका लागि राज्यले आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताउनु भयो । आफ्नो संगठनका शिक्षकमाथि विभेद भए त्यो अमान्य हुने भन्दै गाउँ तथा नगरमा आफ्नो अधिकारको लागि आवाज उठाउनुपर्ने बताउनु भयो । 

नगर संगठनका उपसंयोजक गणेश प्रसाद बजगार्ईले स्वागत गर्नुभएको अधिवेशनमा अञ्चल सदस्य शारदा कुँवर, शिक्षक महासंघका सहसचिव कृष्णा थापा, जिल्ला सदस्य तपेन्द्र शाही, धर्मसिंह चलाउने, भद्रकला साउँद, दिपेन्द्र नेपाली, प्रेस चौतारी जिल्ला अध्यक्ष टेकराज भण्डारी, पूर्व जिल्ला अध्यक्ष भोजराज देवकोटा, टंक जोशी, शिक्षक मोक्षराज जोशी, छत्र विष्ट लगायतले मन्तव्य राख्नुभएको थियो । टेकराज भण्डारीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की