2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ६ मान्छेलाई भुलेर पनि भन्न हुँदैन आफ्नो गोप्य कुरा

संसारमा बिभिन्न ग्रन्थहरु छन्, जसमा बिभिन्न तरिकाले मानिसको स्वभाव र अहिलेसम्मको ब्यबहारलाई दर्शनको रुपमा लिईएको छ । 

यस्तै मानव व्यवहारको बिषयलाई आधार मान्दै यस्ता ६ मान्छेहरुलाई आफ्ना भित्रि कुरा खोल्न नहुने भनिएको छ । यदी यस्ता ६ मानिसलाई भित्रि कुरा खोल्दिने हो भने संकटमा परिनेछ । तल पढ्न सक्नुहुनेछ: 

स्त्रियां मूढेन बालेन लुब्धेन लघुनापि वा।

न मंत्रयीत गुह्यानि येषु चोन्मादलक्षणम्।।

अर्थात- स्त्री, मूर्ख, बालक, लोभी, नीच पुरुष र पागलपन लक्षण भएका, यिनीहरुसँग गोप्य कुरा नबताउनुहोस् ।

१. स्त्री 

नेपालीहरुमा पनि यस बिषयमा निकै भनाईहरु आएका छन् कि ‘महिलाको मुखमा कुनै कुरा टिक्दैन ।’ स्त्रीहरुको स्वभाव चंचल हुन्छ । कुनै पनि समय महिलाहरुले आफुले सुनेको गोप्य कुरा बोल्दिन सक्छन, जसको कारण परिवार तथा विश्वास गरिएको व्यक्तिको मान-सम्मान कम हुन्छ । स्त्रीहरुको बिषयमा यो पनि भनिन्छ कि यिनीहरुको मनमा कुनै पनि कुरा अट्दैन । यसैले महिलाको अगाडी गोप्य कुरा खोल्दा काम बिग्रन पनि सक्छ ।

२. मूर्ख

मूर्ख यानेकि त्यस्तो व्यक्ति जसलाई राम्रो-नराम्रो, आफ्नो-पराई वा साथि-दुश्मनको फरक थाहा हुँदैन । यस्ता व्यक्तिको अगाडी यदि कुनै गोप्य कुरा गरियो भने उसले यस्ता कुरा अन्जानमै कसैलाई पनि भन्दै हिड्न सक्छ । 

३. बालबालिका 

कुनैपनि बच्चाको अगाडी कुनैपनि गोप्य कुरा गर्नु हुँदैन, किनकी उनीहरुलाई कसको अगाडी के बोल्न ठिक-के बोल्न बेठिक भन्ने कुरा थाहा हुँदैन । भन्ने गरिन्छ कि बच्चामा पाप हुँदैन । उनीहरु सत्य बोल्छन, कुरा लुकाउँदा हुने फाइदाबारे उनीहरु त्यति जानकार हुँदैनन् । 

४. लोभी

जुन व्यक्ति धनको लोभ गर्छ, अर्काको राम्रो भएको देखि सहँदैन्, उ स्वभावैले अरुको भलो नचाहने खालको हुन्छ । आफ्नो स्वार्थको लागि उसले अरुको बिगार्न मात्र प्रयास गर्छ । यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा खोल्दा त्यसले नकारात्मक असर पार्छ किनकी राम्रो कुरा छ भने भत्काउन र नराम्रो कुरा छ भने झनै बढाउन उसले भूमिका खेल्छ । उसले पैसाको लालचमा पनि अरुको गोप्य कुरा खोलिदिन सक्छ । 

५. नीच पुरुष (खराव काम गर्नेवाला)

जुन पुरुस्श चोरी, लूट, डकैती, दलाल आदि काम गर्छ, उ खराव हुन्छ । यस्ता मानिस आफ्नो फाइदाको लागि जे पनि गर्न सक्छ । नीच मानिस धेरै हदसम्म पनि गिर्न सक्छ । उसलाई साथि-पराईको मतलब हुँदैन ।  

५. जसमा पागलपनको लक्षण देखिन्छ 

केहि मानिस यस्ता पनि हुन्छन, जसमा पागलपनको लक्षण देखिन्छ, वास्तवमा पागल वा बहुलाएको नभए पनि कहिले काही पागलपनको संकेत देखाउने मानिसलाई पनि आफ्नो गोप्य कुरा खोल्नु हुँदैन । त्यस्ता मानिसहरुको भरोशा गर्नु हुँदैन किनकी उनीहरु कुनै पनि बेला पागल झैँ बन्न सक्छन र आफ्ना कुरा खोल्दिन सक्छन । कहिले उनीहरु अति उत्साहित हुने त कहिले निकै निराश हुने स्वभावका हुन्छन् । उनीहरु बिना कारण जे पनि गर्न सक्छन । यस्ता मानिसलाई आफ्नो भित्रि कुरा खोल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई