2026-09-14 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पामा गाउँपालिकाको नाम परिवर्तनको विरोधमा अनिश्चितकालिन यातायात बन्द

मनिषा राई/पुस १६, रोल्पा । गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ । 

सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्दा ठूलो ब्यापारीक केन्द्र सुलिचौर बजार पनि पूर्ण रुपमा बन्द छ ।

गाउँपालीकाको नाम परिवर्तनको निर्णय आएपछि स्थानीयहरुले संघर्ष समिती नै गठन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सुवर्णावति गाउँपालीकाको नाम फेरेर सुनिल स्मृती गाउँपालीका राख्ने निर्णय पारीत गरिएपछि माओवादी बाहेकका अरु सबै दल केहि दिन यता आन्दोलनमा छन । आन्दोलनकारीले आईतबार देखि गाउँपालीकाका यातायात, कलकारखाना, शिक्षण संस्था, सवै ठप्प पारेका हुन् ।

उता सुकिदह गाउँपालिका पनि शनिबार देखि पूर्ण रुपले वन्द गरिएको छ । गाउँपालिकाको नाम र केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका बन्दको घोषणा गरिएको हो । 

बन्दका कारण विद्यालय बजारसंगै त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका सावारी साधनहरु चल्न सकेनन । त्यसै गरि आन्दोलनकारीले गाउँपालिका तथा सबै वडापालिकाहरुमा  तालाबन्दी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ