२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नगरको कार्यालय यथास्थानमै राख्न चार वडाध्यक्षको माग

२०७४, १८ पुष मंगलवार १५:११

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय यथास्थानमा राख्न चार वडाध्यक्षले माग गरेका छन् । 

मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा ज्ञापनपत्र पठाउँदै हाल दुर्छिमस्थित छापडाँडामा रहेको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय यथास्थानमा राख्न नगरपालिकाका ११ वडाध्यक्षमध्ये डिकुवा, च्यास्मीटार, दुर्छिम र महादेवस्थानका वडाअध्यक्षले माग राखेका हुन् । 

नगरबासीका लागि अपायक हुने र किरातीको ऐतिहाँसिक एबं पर्यटकीयस्थल होलेसुङ र रावाचुङ्गढीको संरक्षण र प्रवद्र्धनमा समेत अशर पुग्ने भएकाले नगरपालिकाको कार्यालय कोटगैरामा राख्न नहुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले बताउनुभयो । 

छापडाँडामा रहेको नगर कार्यालयलाई कोटगैरामा सार्ने निर्णयप्रति असहमती जनाउँदै चार वडाध्यक्षले पुस ६ गते विज्ञाप्तीमार्फत ध्यानाकर्षण गराएका थिए । 

नगर कार्यपालिकाको पुस ५ गतेको बैठकले छापडाँडामा रहेको नगर कार्यालयलाई कोटगैरामा सार्ने निर्णय गरेको थियो । 

एमाले, माओबादी केन्द्र र संघीय समाजबादी फोरम नगर कमिटिले पनि पुस १४ गते ज्ञापत्रपत्र बुझाउँदै नगर कार्यालय अन्यत्र नसार्न ध्यानाकर्षण गराएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा