२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खरीको सडक १५ मिटर हुनुपर्छ तर नियमलाई लात हानेर बन्दैछन् घरहरु

२०७४, १९ पुष बुधबार ०३:३१

पुस १९, काठमाडौं । धादिङ्गको ज्वालामुखी गाउँपालिका -५ स्थित खरीमा अधिकांश नयाँ घर-संरचनाहरु नियम बिपरित बनेको पाइएको छ । 

भूकम्पपछीका अधिकांश घरहरु निर्माण जारी रहँदा घडेरी खार्ने कामदेखि घरहरु बनाउने काम भईरहेको छ । नयाँ घर बनाउँदा बिबिध कारण सडकमै जोडेर घर बनाउने होडबाजी चलेको छ, त्यसमा पनि सरकारी नियमलाई ठाडो उल्लङ्घन गरि सडक नियम एकातिर घरहरु बनेका छन् । पहाडी सडक त्यसमा पनि गैर कानुनी रुपमा घर बनाउने काम भएका छन् । सडकसँग जोडिएका आफ्नो जग्गामा सडकको मापदण्ड नछाडी घर बनाउँदा भविष्यमा आइपर्न सक्ने कठिनाई वा सरकारी नियमले नै बिना क्षेतिपूर्ति भत्काउनसक्ने अवस्था हुन्छ । 

यस बिषयमा स्पष्ट पार्दै ज्वालामुखी गाउँपालिका -५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले भने 'मापदण्ड अनुसार खरीको सडक कम्तिमा १० मिटरसम्म चौडा अनिवार्य छ ।' उनले भने अनुसार सडक १५ मिटरसम्मको हुनुपर्छ तर १० मिटर चाही अनिवार्य नै हो । काप्रीले कम्तिमा १० मिटर छाडेर घर बनाउन भनेको बताए । यदी भन्दा-भन्दै पनि नियम मिचिन्छ भने भविष्यमा हामीले साथ दिने ठाउँ रहँदैन । भविष्य नसोची घर बनाउनेले समस्या झेल्नुपर्ने हुनसक्छ । काप्रीले मापदण्ड लगायत बिषयमा सबैलाई जानकारी होस् भन्ने हेतुले वडा कार्यालय अगाडी सूचना बोर्ड टासिने बताए । 

त्यसोत अधिकांश व्यक्तिहरु सडकको मापदण्ड कति हो ? भन्ने बिषयमा अन्योल छन् । कतिपयले हचुवाको भरमा सडकलाई ठाउँ छाडेर घर बनाए पनि त्यस्ता घरहरु सडक मापदण्ड भन्दा भित्रनै परेका छन् । गाउँको सडक भएकाले तलबाट उठाउन खर्च बढ्ने हुँदा माथिपट्टिको भाग बढी सडकले काट्ने सम्भावना छ । 

नियमकै कुरा गर्ने हो भने सार्वजनिक सडक ऐनमा राजमार्गको सीमा सरकारले ३१ मिटरसम्म कायम गर्न सक्ने उल्लेख छ । त्यसअनुसार नै सरकारले मुख्य राजमार्गको सीमा दायाबायाँ २५ मिटर, सहायक राजमार्गको १५ मिटर तथा जिल्लास्तरीय र शहरी सडकको १० मिटर तोकेको छ । त्यसमा पनि यदी केन्द्रीय बाटो हो भने १५ मिटर अनिवार्य हुन्छ । नियामानुसार सडकलाई ठाउँ नछाडी नयाँ संरचना बनाईएको छ भने सरकारले भत्काउन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते