२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा दुई मेला र महोत्सव हुँदै

२०७४, २० पुष बिहीबार ०८:५०

पुस २०, पोखरा । पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । 

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । 

त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव गर्ने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी झण्डै दुई किमीमात्रै छ । 

पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य प्रायोजनमा लक्ष्मी समूह छ भने पोखरा महोत्सवको मुख्य प्रायोजनमा सालिमार सिमेन्ट रहेको छ । 

‘लगानीको संवद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको व्यापार मेला दुई लाख दर्शकले अवलोकन गर्ने र मेलामा रु ९० लाख आम्दानी र रु ६० लाख खर्च भई रु ३० लाख बचत हुने अपेक्षा गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । 

त्यस्तै अमरसिंहचौरमा गर्न लागेको पोखरा महोत्सवको मूल नारा ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने रहेको छ । दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

महोत्सवमा रु एक करोड १४ लाख आम्दानी तथा रु ७९ लाख खर्च भई करिब रु ३५ लाख बचत हुने क्लबका अध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिनुभयो । एकै ठाउँमा रहेका दुई संस्थाले एउटै मितिमा मेला र महोत्सव गर्न लागेको सम्भवतः पोखरामा यो पहिलोपटक हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित