२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा दुई मेला र महोत्सव हुँदै

२० पुष २०७४, बिहीबार ०८:५०

पुस २०, पोखरा । पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । 

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । 

त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव गर्ने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी झण्डै दुई किमीमात्रै छ । 

पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य प्रायोजनमा लक्ष्मी समूह छ भने पोखरा महोत्सवको मुख्य प्रायोजनमा सालिमार सिमेन्ट रहेको छ । 

‘लगानीको संवद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको व्यापार मेला दुई लाख दर्शकले अवलोकन गर्ने र मेलामा रु ९० लाख आम्दानी र रु ६० लाख खर्च भई रु ३० लाख बचत हुने अपेक्षा गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । 

त्यस्तै अमरसिंहचौरमा गर्न लागेको पोखरा महोत्सवको मूल नारा ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने रहेको छ । दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

महोत्सवमा रु एक करोड १४ लाख आम्दानी तथा रु ७९ लाख खर्च भई करिब रु ३५ लाख बचत हुने क्लबका अध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिनुभयो । एकै ठाउँमा रहेका दुई संस्थाले एउटै मितिमा मेला र महोत्सव गर्न लागेको सम्भवतः पोखरामा यो पहिलोपटक हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति