२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुन्छ’

२०७४, २० पुष बिहीबार १५:५१

पुस २०, सुर्खेत । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले आ–आफ्ना कमीकमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुने बताएका छन् । 

उनले विगतमा भएका कमीकमजोरीले निर्वाचनमा पार्टी पराजित भएको हु“दा अव सवैले आ–आफ्ना कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताएका हुन् । यदि सधैं अरुलाई दोषमात्र लगाउने तर आफ्ना कमीकमजोरीहरु सच्याउन सकिदैंन भने त्यस्ताले पार्टी छोडेर जानसक्ने उल्लेख गरे ।

विहीवार पूर्वी सुर्खेतका छिन्चु, मैनतडा, मेहेलकुना, सहारे, घुमखहरे, गुमी र लेखफर्साका मतदातासंग भेटघाट गर्दै नेता थानीले पार्टीलाई क्रियाशील र मजबुत बनाउने होभने सवैले आफ्ना कमजोरीहरु सच्याउनुपर्नेमा जोड दिए । 

उनले कारबाहीभन्दा पनि आफ्नो गल्ती सच्याएर अगाडि बढ्नु नै संगठन विस्तारको राम्रो बाटो भएको बताए । कारबाही मात्रै समाधानको बाटो होइन भन्दै थानीले सर्वप्रथम आफू सच्चिने र यदि सच्चिन नसक्ने भए पार्टी छोडेर गए हुने सुझाव दिए । थानीले आफू पराजित भएपनि जिल्लाको विकासका लागि सदैव लाग्ने प्रतिवद्धतापनि दोहो¥याए ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विगतमा केही कमीकमजोरीहरु भएका कारण निर्वाचनमा पार्टीले हारेको भन्दै अव पाठ सिकेर पार्टीलाई गाउ“गाउ“ मा क्रियाशील बनाउनुपर्नेमा जोड दिए । गुमीका वडासभापति पदम गुरुङले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । 

लेखफर्साका सभापति देवेन्द्र पचभैयालगायतका कार्यकर्ताहरुले कांग्रेसको आगामी दिशालगायतका वारेमा जिज्ञासा राखेका थिए । ती कार्यक्रमहरुमा कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य वीरसिंह घर्ती, क्षेत्रीय सभापति नारायण कोइरालालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह