२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रदेश प्रमुख र केन्द्रमा भन्दा एमालेलाई सत्ताको चासो’

२०७४, २१ पुष शुक्रबार ०१:५७

पुस २१, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रमुख र राजधानी तोक्ने विषयमा सरकारलाई प्रस्ट सुझाब नदिएपछि यो प्रक्रिया फेरि केही दिन लम्बिने संकेत देखिएको छ। एमाले र माओवादीले नयाँ सरकार गठनमा अवरोध नबन्न प्रधानमन्त्रीलाई सुझाब दिएका थिए। बैठकमा कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादीका शीर्ष नेता सहभागी थिए। 

प्रधानमन्त्री देउवाले दलीय सहमतिमै प्रदेश प्रमुख र केन्द्र तोक्न तयार रहेको भन्दै सहमतिका लागि आग्रह गरे पनि एमाले नेता भीम रावलले फरक धारणा राखे। ‘राष्ट्रिय सभा निर्वाचनको मिति छिटो घोषणा गर्नुस्,’ अध्यक्ष केपी ओली स्वास्थ्यका कारण सहभागी नभएको बैठकमा एमाले धारणा प्रस्तुत गर्दै उनले भने, ‘संविधान–ऐनअनुसार प्रदेशका केन्द्र र प्रमुख तोक्नुस्, तर छिटो सरकार गठनको प्रक्रिया खोलिदिनुस्।’

सर्वदलीय बैठकमा राजपा र संघीय समाजवादी फोरम भने साक्षी मात्रै बन्न पुगे। ‘दुई पक्षको बाझाबाझको साक्षीजस्तो मात्रै बन्यौँ। तपाईंहरू नै यो संविधानलाई उत्कृष्ट भन्नुहुन्छ, तर आपसमै मिल्नुहुन्न भन्यौँ,’ बैठकमा सहभागी राजपा नेता राजकिशोर यादवले नयाँ पत्रिकासँग भने, ‘तपाईंहरूले मिलेर प्रदेश प्रमुख र केन्द्र तोक्दा राम्रो हुन्छ। नभए पनि सरकारले छिटो गरेर गाँठो फुकाइदेओस् भन्यौँ।’

प्रदेशका अस्थायी राजधानी तोक्ने विषयलाई लिएर देशका विभिन्न ठाउँमा आन्दोलनका कार्यक्रम हुन थालिसकेका छन्। यस्तोमा कुनै ठाउँका पक्षमा आफ्नो धारणा दिएर विवादमा आउन वाम गठबन्धनले चाहेको देखिँदैन। ‘अहिले प्रदेशका केन्द्र तोक्ने क्रममा आफ्नो दलको राय दिँदा विवादमा पर्ने र अपजस लिनुपर्ने डर वाम गठबन्धनमा देखियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘अहिले केही नभनी पछि आफ्नो सरकार बनेपछि परिवर्तन गर्ने ठाउँ राख्न पनि उहाँहरूले अहिले सरकारले नै आफ्नो हिसाबले गरोस्। अपजसको भारी सरकारले नै व्यहोरोस् भन्ने देखियो।’

जुन विषयमा छलफलका लागि बोलाइएको हो, त्यस विषयमा गम्भीर ढंगले प्रस्तुत नै नभई एमाले नेताहरूले प्रधानमन्त्रीको ध्यान अन्यत्रै मोड्न खोजेका थिए। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई लिएर आफ्ना विद्यार्थीले गरेको आन्दोलनमाथि दमन भएको भन्दै एमाले नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। जवाफमा प्रधानमन्त्री देउवाले ‘अन्तर्राष्ट्रिय मूल्यअनुसार डिजेल, पेट्रोलको भाउ समायोजन गरिएको हो’ भन्दै सम्झाएका थिए। – यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा