Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

जिल्ला प्रहरी कार्यलय रोल्पाको जनचेतना मुलक सडक नाटक कार्यक्रम सम्पन्न

२०७४, २१ पुष शुक्रबार ०९:३२

मनिषा राई/पुस २१, रोल्पा । जिल्ला प्रहरी कार्यलय रोल्पा, महिला तथा बालबालिका सेवा केन्द्रको आयोजनामा शुक्रबार माडी गाउँपालिका २ घर्तीगाउ बजारमा “घरेलु हिंसा, बालबिबाह तथा जातिय छुवाछुत“ सम्बन्धि साँस्कृतिक कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको छ ।

महिला हिंसाको अन्त्य, विविध जाति, धर्मलाई समुदायमा सद्भाव  अभिबृद्वि गर्ने सन्देश दिने उदेश्यले सडक नाटक गरिएको हो । जिल्ला प्रहरी कार्यलय रोल्पा महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाको आयोजना तथा प्रस्तुतिमा सन्चालित 'बल्ल आखा खुल्यो' शिर्षकको नाटकबाट महिलामाथि गरीने व्यवहार, बालबिबाह सम्बन्धि कानुनि प्रक्रिय, एक जातिले अर्को जातिको सम्मान सद्भाव बढ्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी सहायक निरिक्षक दिल कुमारी बुढाले बताउनुभयो ।


नाटकमा कलाकारले महिलामाथि हुने हिंसात्मक क्रियाकलाप, पुरुषप्रधान समाजको चित्रण, एकअर्कामा जातिय छुवाछुतबाट अपमान गर्दा समाजमा सम्बन्ध बिग्रने भएकाले लैङिगक भेदभाव अन्त्य गर्नुपर्ने, मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने भावनाको कार्यन्वयन गर्ने, बालबिबाहको अन्त्य गरी सभ्य समाजका सभ्य नागरिक बन्न आवस्यक हुने सन्देश दिने आग्रह सहितको प्रस्तुत दिएका थिए ।

नाटकका कलाकारहरु प्रहरी सहायक निरिक्षक दिलकुमारी बुढा, प्रहरी हवल्दार रुप बहादुर शाहि, प्रहरी जवानहरु जित बहादुर बुढाथोकी, शोभाराम वाग्ले, घनस्याम बुढाथोकि, देवराज खरेल, सुलोचना चौधरी, दिपा वली, मन्जु खड्का, पवित्रा खड्का, भुपु म्यादी गाकर्ण डागी लगायतले अभिनय गरेका थिए ।

नाटकबाट दर्शकले सद्भाव सहितको भरपुर  मनोरञ्जन लिएका थिए । मुलुकमा जातजाति, बालबिबाह र महिला पूरुष बिचको बिबेधले घर परिवार मात्र नभई समाजमा फाटो आउन नहुने भन्दै सबै समुदाय बिचको सम्बन्ध प्रगाढ बनाउने सन्देश सहितको कलाकारको बेजोड प्रस्तुतिले दर्शक मख्ख बनेका थिए । 


बिबिधतामा एकता आवस्यक रहेकोप्रति जोड दिई मानव अधिकार, सामाजिक न्याय र सुशासनका क्षेत्रमा क्रियाशिल जिल्ला प्रहरी कार्यलय रोल्पाले जिल्लाव्यापी रुपमा जनचेतनामुलक नाटक प्रदर्शन गरीने कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरिक्षक नर बहादुर खड्काले बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाका प्रहरी नायव निरिक्षक तिलक प्रसाद कलौनी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्ती, नेकपा माओबादी केन्द्रका शेर बहादुर बुढामगर, ज्येष्ठ नागरिक बिर्जमान घर्ती, गाउ बाल संरक्षण समितिका संयोजक देव बहादुर वली लगायत घर्तीगाउ बजारबासिको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली