२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै पार्टीलाई सहमत गराउने रणनीतिमा एकता खाका कोर्दै ओली-दाहाल

२२ पुष २०७४, शनिबार ०२:१७

पुस २२, काठमाडौं । अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। 

आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए। 

एकता प्रक्रियामा सबैलाई सहभागी गराउँदा जटिलता देखिने भएपछि माओवादी अध्यक्ष दाहाल र ओलीले मात्र छलफल गरी खाका बनाउने र त्यसमा दुवै पार्टीलाई सहमति गराउने रणनीति लिएका हुन्। यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्।

‘दुई नेताबीच गम्भीर छलफल गरेर एकताको खाका आउँछ,’ एमाले नेता शंकर पोखरेलले अन्नपूर्णसँग भने, ‘६ बुँदे सहमति गर्दा नै शीर्ष नेताले एकताको पहल गर्ने उल्लेख थियो।’ पार्टीको नेतृत्व र संरचनाबारे टुंगो लागेपछि मात्र एकतालाई तल्लो तहसम्म लैजाने नेताहरू बताउँछन्।

‘फुड पोइजन’ का कारण अस्वस्थ ओलीले एकताका अनेक खाकाबारे पार्टी नेताहरूसँग आन्तरिक छलफल तीव्र पारेका छन्। नियमित स्वास्थ्य जाँचका लागि पुस २६ गते बैंकक जान लागेका ओलीले त्यसअगावै एमाले नेताहरूको सुझावका आधारमा दाहालसँग पार्टी एकताका लागि लामो छलफल गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

चुनावपछि बधाई दिने र कार्यक्रमको निम्तो दिनेहरूको भीड बढेपछि धपेडी र बाहिरको खानाका कारण ओली बिरामी परेका थिए। उनको सचिवालयका अनुसार बिरामी भएका कारण भेटघाटलाई पूर्णरूपमा बन्द गरिएकाले ओलीले तीन दिनयता पार्टीका केही नेतासँग मात्र बसेर एकताका अनेक सूत्रबारे छलफल गरेका छन्। 

राति अबेर मात्र सुत्ने गरेका ओली माओवादी अध्यक्ष दाहालसँग नियमित सम्पर्कमा छन्। ‘दुई नेता बसेर एकताको मोडालिटी तयार पारेपछि एकता प्रक्रिया सुरु हुन्छ,’ नेता पोखरेलले भने।

एमाले नेताहरूले सरकारको नेतृत्व ओलीले गर्ने भएकाले दाहाल र ओलीले पार्टीको संयुक्त नेतृत्व लिने गरी मोडालिटी तयार पार्न ओलीलाई सुझाएका छन्। ‘एकता अधिवेशनसम्म संयुक्त नेतृत्व हुने गरी अघि बढ्छ होला,’ नेता पोखरेलले भने। 

ओलीनिकट नेताहरूले ओली र दाहाल सहअध्यक्ष हुने गरी पार्टी नेतृत्व सञ्चालन गर्नुपर्ने र महाधिवेशनपछि सहमतिका आधारमा मात्र एकल नेतृत्व हुनुपर्ने तर्क गर्दै आएका छन्।

दुवै नेतासहित एकता संयोजन समितिलाई ‘स्थायी कमिटी’ का रूपमा पनि अघि बढाउन सकिने, दुवै नेता पार्टीको संयुक्त नेतृत्वमा रहँदा महासचिव पद राख्ने कि नराख्नेलगायत अनेक विकल्पमा छलफल केन्द्रित भइरहेको ओली निकट नेताहरू बताउँछन्।

माओवादी केन्द्रका नेता भने एकले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व लिने गरी सहमतिको खाका खोजिनुपर्ने बताउँछन्। ‘दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुने गरी एकताको खाका बन्नुपर्छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘दुवै नेता खाका बनाउन लागेकाले सबैलाई स्वीकार्य हुने प्रस्ताव आउने विश्वास गरेका छौं।’ एकता प्रक्रियामा खाका बनाइरहेका ओली र दाहाल दुवै जना दोस्रो तहका नेताहरूका सार्वजनिक अभिव्यक्ति बन्द गराउने पक्षमा छन्।

एकताका विषयमा दुई नेताबीच गम्भीर र सकारात्मक कुराकानी भइरहेको भन्दै माओवादी अध्यक्ष दाहाल ‘आफ्नो पार्टीका दोस्रो तहका नेतालाई सार्वजनिक रूपमा बोल्न बन्द गराउने र एमालेले पनि यसतर्फ ध्यान दिनुपर्ने’ सुझाव दिएर बिहीबार चितवन लागेका थिए। 

दाहाल चितवनबाट फर्केलगत्तै लामो छलफल गरी मोटो रूपमा एकताको खाका तयार गर्ने पक्षमा ओली रहेको उनीनिकट नेताहरू बताउँछन्। ‘अबको छलफल एक-दुई घन्टाका लागि मात्र हुँदैन,’ ओलीनिकट नेता विष्णु रिमालले भने, ‘लामै र गहन छलफल गर्ने तयारी भइरहेको छ।’

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते तोकिएपछि तत्काल नयाँ सरकार गठन प्रक्रिया सुरु नहुने भएपछि नेताहरू एकताका विषयमा केन्द्रित भएका हुन्।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य