१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

२२ पुष २०७४, शनिबार ०४:४२

पुस २२, महोत्तरी । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । 

सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । 

हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैहुनुहुन्छ । 

कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । 

केही समय पहिले नोभेम्बर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उहाँलाई वेस्ट पेपर अवार्ड दिइएको थियो । 

इ–लाइफ अन्तरराष्ट्रिय विज्ञान प्रकाशन समूह हो जसको प्रमुख कार्यालय बेलायतमा रहेको छ । इ–लाइफको प्रमुख सम्पादन नोवेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्नुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक