२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

२३ पुष २०७४, आईतवार १०:३८

पुस २३, पोखरा (रासस) | सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । 

हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो । 

दश दिनदेखि नेपालभरिका कम्पनीले बिनाकारण र बिनाआधार पिपिसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा रु १००, ओपिसी सिमेन्टमा रु १२० र फलामे छडमा प्रतिकिलोग्राम रु १३ मूल्य वृद्धि गर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले बताउनुभयो । 


व्यवसायमाथि नै उद्योग कम्पनीले एकाएक थेग्न नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा हामी अचम्म भएका छौँ, “एशोसिएसनका अध्यक्ष गुप्ताले भन्नुभयो ।” 

अनावश्यक र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा व्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने र मूल्य वृद्धिबाट जिल्लामा रहेका २२० हार्डवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था भएको बताइएको छ ।

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हँुदा यसले पारेको समस्याप्रति गम्भीर हुन पनि सरोकारवालासँग विनम्र अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य