2026-07-24 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्वसाधारणको माग पुरानै शैलीमा रानीपोखरी पुनःनिर्माण गरिनुपर्छ

पुस २४, काठमाडौँ (रासस) | सरोकारवालाले रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा गरिनुपर्नेमा जोड दिएका छन् । 

रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गठन गरिएको थियो । 

उक्त समूहले गत मंगलबारबाट पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणको धारणा लिन सुझाव आह्वान गरेको थियो । समयसीमाभित्रै रहेर प्रायः सबै सर्वसाधारणले पुरानै शैलीमा रानीपोखरीको पुनःनिर्माण गर्न सुझाव दिएका कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले राससलाई जानकारी दिनुभयो । 

ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा हुनुपर्ने उनीहरुको जोडदार माग रहेको विज्ञ समूहको संयोजकसमेत रहनुभएका शर्माले बताउनुभयो । 

सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आ–आफ्ना सुझावका दिएका थिए । देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो । 

सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिनेछ । प्रताप मल्लकालीन शैलीमै रानीपोखरी पनि पुनःनिर्माण गरिने निर्णय पनि भइसकेको छ । विसं २०७२ को भूकम्पले करिब ४०० वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । 

यता विज्ञ समूहले पनि आजदेखि प्रतिवेदन तयार पार्न शुरु गरेको छ । पुस १३ गते बसेको महानगरपालिकाको बैठकले १५ दिन भित्र प्रतिवेदन तयार पार्न सो समूमहलाई निर्देशन दिएको थियो । समूहले पुस २७ गते प्रतिवेदन पेश गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक