2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाचारको स्रोतको अनुसन्धानमा काउन्सिलले सघाउने

पुस २४, काठमाडौँ (रासस) | प्रेस काउन्सिल नेपालले फौजदारी अपराधबाहेक कुनै पनि समाचारको स्रोत खुलाउने नाममा सम्पादक वा पत्रकारलाई पक्राउ पूर्जी नकाट्न आग्रह गरेको छ । 

तत्कालीन प्रहरी नायब महानिरीक्षक एवं ललितपुरबाट नवनिर्वाचित सांसद नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कागजात कीर्ते भएको भन्ने सम्बन्धमा भइरहेको छानबिनका लागि प्रहरीले तीन अनलाइनका सम्पादकलाई उपस्थित गराउन पत्र काटेपछि काउन्सिलले आज सो विषयमा नेपाल प्रहरीका सम्बन्धित अधिकृतसँग छलफल गरी सो आग्रह गरेको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुक र अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेलाई आफूहरुले आमन्त्रण गरी संविधानको धारा १९ बमोजिम प्रहरीले त्यसरी पक्राउ पूर्जी वा स्रोत खुलाउने आग्रहको पत्र पठाउन नमिल्ने स्पष्ट पारेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । 

कावा अध्यक्ष श्रेष्ठले सो विषयमा अब प्रहरीले काउन्सिल पत्र पठाउने र सम्बन्धित पत्रकारसँग काउन्सिलले छलफल गरेर अनुसन्धानलाई सहयोग गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक