पुस २४, धनकुटा (रासस) | प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै गरिएको आन्दोलनबाट सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनकारीले आमहड्तालको कार्यक्रम फिर्ता लिएकाछन् ।
‘प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समिति’को आज बसेको सर्वदलीय बैठकले चक्काजाम र प्रदेश मन्त्रालयमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।
मंगलबारदेखि सम्पूर्ण बजार पसल खुला रहने धनकुटा प्रादेशिक राजधानी अभियानका संयोजक नीरन राईले बताउनुभयो ।