2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

पुस २६, म्याग्दी । सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । 

मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । 

यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा नं ६ भनेपनि घार भन्ने उल्लेख थियो । जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई वैधानिकता दिएर सूचना प्रकाशित गरेको जनाइएको छ । 

रघुगंगा र धौलागिरिमा केन्द्रको विषय निकै पेचिलो बनेको थियो । दुवै स्थानमा बहुमतबाट केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो । सरकारले स्थायी केन्द्र निर्धारण गरेपछि रघुगंगा र धौलागिरिलाई कार्यालय सञ्चालन र योजनाका कार्य अघि बढाउन बाटो खुलेको छ । निर्णय गरी केन्द्रमा पठाइए पनि लामो समयसम्म राजपत्रमा सूचना प्रकाशित नभएपछि दुवै गाउँपालिकाको काम निकै प्रभावित भएको थियो । 

केन्द्र अन्यौलकै कारण रघुगंगा र धौलागिरिले बेनीबाटै सम्पर्क कार्यालयमार्फत योजना र दैनिक कामकाजको कार्य गर्दै आएका थिए । मौवाफाँट कायम गर्न सरकारलाई सिफारिश गरिएको थियो । जनप्रतिनिधिको सिफारिश अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँटबाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । 

भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरी मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिँदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरी सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई