२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

२६ पुष २०७४, बुधबार ०४:०८

पुस २६, बेनी, म्याग्दी (रासस) | सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । 

मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । 

यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा नं ६ भनेपनि घार भन्ने उल्लेख थियो । जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई वैधानिकता दिएर सूचना प्रकाशित गरेको जनाइएको छ । 

रघुगंगा र धौलागिरिमा केन्द्रको विषय निकै पेचिलो बनेको थियो । दुवै स्थानमा बहुमतबाट केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो । सरकारले स्थायी केन्द्र निर्धारण गरेपछि रघुगंगा र धौलागिरिलाई कार्यालय सञ्चालन र योजनाका कार्य अघि बढाउन बाटो खुलेको छ । निर्णय गरी केन्द्रमा पठाइए पनि लामो समयसम्म राजपत्रमा सूचना प्रकाशित नभएपछि दुवै गाउँपालिकाको काम निकै प्रभावित भएको थियो । 

केन्द्र अन्यौलकै कारण रघुगंगा र धौलागिरिले बेनीबाटै सम्पर्क कार्यालयमार्फत योजना र दैनिक कामकाजको कार्य गर्दै आएका थिए । मौवाफाँट कायम गर्न सरकारलाई सिफारिश गरिएको थियो । जनप्रतिनिधिको सिफारिश अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँटबाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । 

भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरी मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिँदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरी सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो