१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

२६ पुष २०७४, बुधबार ११:१२

 पुस २६, काठमाडौँ (रासस) | विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन् । 

सो घटनामा संलग्न काठमाडाँै तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । 

काठमाडौं पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन रु एक लाख पाँच हजार रकम दिने भनी तीन वटा कार सम्झौता गरेर भाडामा लिएका थिए । 

करार बमोजिम सवारी साधनको मासिक भाडा नदिई दुई वटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसबाट आफ्नो रु ३७ लाख ३५ हजार ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । 

उजुरीका आधारमा उनीहरुलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको महाशाखाले जनाएको छ । 

अनुसन्धानका क्रममा उनीहरुले टोखा बस्ने एक महिलासँग रु ३५ लाख लिई रकम नभएको बैंक खाताको चेक दिएको, सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा मासिक भाडा रु एक लाख दिने सहमतिमा लिई स्कर्पियो गाडी ल्याई काठमाडौँ हाँडीगाउँका दीपक बस्नेतलाई जेठ महिनामा रु २९ लाखमा बिक्री गरेको समेत खुलेको प्रहरीले जनाएको छ । 

यसैगरी धादिङका एक व्यक्तिबाट २०७४ साल असारमा एउटा कार मासिक रु ७५ हजारमा भाडा दिने गरी लगी सवारी साधनसहित सम्पर्कविहीन भएको, धनकुटाका एक व्यक्तिबाट समेत २०७४ साल कात्तिकमा स्कर्पियो कार मासिक रु एक लाख भाडा दिने गरी लिई सम्पर्कविहीन भएको उजुरीसमेत प्रहरीमा परेकोे छ । 

उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको भन्ने बुझिएकाले पीडितलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । 

निजहरुउपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र बिगो भराई बिगो बमोजिम जरिवाना हुनसक्ने बताइएको छ । 

––– 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो