२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन: मन्त्री थापा

२७ पुष २०७४, बिहीबार ०९:०६

पुस २७, पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ । 

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पार्नुभयो । 


प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो । 

प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै भ्रष्टाचारलाई अन्त्य गरी अब सत्ता पक्ष र प्रतिपक्षी विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी लगायतका वक्ताले मेलाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो । 

‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, बैंकिङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्री–वितरणका लागि २९० वटा स्टल राखिएको छ । 

मेलालाई थप आकर्षण बनाउन लोकदोहोरी, नेपालका ख्यातिप्राप्त ब्याण्डको सांगीतिक कार्यक्रम, लोक नृत्य, रत्यौली प्रतियोगिता जस्ता कार्यक्रम पनि राखिएको छ । टिकट काटेर मेला अवलोकन गर्ने एकजना भाग्यशाली दर्शकलाई मेलाको अन्तिम दिन लक्की ड्रबाट एकवटा कार दिइने बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत