2026-09-12 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस-सुन्तली फाउन्डेशनद्वारा सिरहामा कम्बल वितरण (फोटोफिचर)

राम नारायण पंडित/पुस २८, सिरहा । सिरहा सहित तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका दलित बस्तिमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ ।

फाउन्डेशनले गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि आज (शुक्रबार) कम्बल वितरण गरेको हो । 

गोलबजार नगरपालिका १० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १ सय मुसहर तथा असहाय परिवार गरी कूल १ सय ६० परिवारलाई प्रतिपरिवार १ थानका दरले कम्बल वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

धुर्मुसले कम्बल वितरण गर्ने क्रममा ‘भूकम्प, बाढीपहिरो, शीतलहर जस्ता प्रकोपका बेला तराई, पहाड, हिमाल सबैलाई एकै ठाउँमा जुटेर आपसमा सहयोग गुर्नपर्ने’ बताए । 

धुर्मुस सुन्तली फाउन्डेसनले सञ्चालन गरेको ‘न्यानो वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ ‘नेपालीको लागि नेपाली’ (एनआरएन आरसीसी चाइना) ले कम्बल उपलब्ध गराइएको समेत उनले बताए। 

चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको’ भन्दै मुसहर समुदायले धुर्मुसप्रति आभार प्रकट गरे।

कार्यक्रममा गोलबजार नगरपालिका १० का बडा अध्यक्ष देब नारायण महतो, ईलाका प्रहरी कार्यालय गोलबजार प्रहरी निरिक्षक राजेश सुबेदी लगायतको उपस्थित रहेको थियो ।

मिर्चैयामा गरिब तथा बिपन्नलाई कम्बल 

सिरहा सहितका जिल्लाहरुमा अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर भएको छ । चिसोको मध्यनजर गर्दै सिरहामा रहेका गरिव विपन्न समुदायमा  कम्वल वितरण गर्ने कार्य जारी रहेको छ । 

मिर्चैया नगरपालिकाले बडा नं. १ र २ मा रहेको दलित, गरिब र बिपन्न परिवारलाई जाडो छल्नका लागि आज (शुक्रबार) कम्बल बितरण गरेको छ ।

नगरपालिकाले बडा नं. १ मा ५० र बडा नं. २ मा ५० परिवार गरि जम्मा १ सय दलित, गरिब र बिपन्न घरपरिबारलाई कम्बल बितरण गरेको हो । 

नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर जिबछी देबी साह, प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, वडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादव र २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन