२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भगवान अँझै असुरक्षीत

२०७४, २९ पुष शनिबार ०९:०८

नन्दराम जैशी/पुस २९, जुम्ला । नेपालकै प्रसिद्ध पर्यटकिय जुम्लाको चन्दननाथ मन्दिरमा रहेका शुद्ध भगवानका बहुमुल्य मुर्तिहरु बिग्रेका क्यामेराको भरमा राखिएका छन् । 

गत बर्ष मन्दिरमा रहेका शुद्ध भगवानका बहुमुल्य मुर्ति चोरी भएपछि, त्यसयता मुर्तिको सुरक्षाका लागी मन्दिरमा सिसि क्यामेरा जडान गरीएको थियो । तर हालसम्म कुनै पनि उक्त सिसि क्यामेराले काम नगरेको प्रमाणित भएपछि मुर्तिहरु अझै असुरक्षीत देखिन्छन् । 


२०७३ मंसिर १० गते मन्दिरमा रहेको सबैभन्दा ठुलो १६ धान्नीको दत्रातयको मुर्ति सहित अन्य २७ बढि मुर्ति चोरी भए । मुर्ति खोजीका लागि जुम्ला बासीले सडक तताएपछि सिआईबीको टोलीले मुर्ति हराएको झण्डै १० दिन पछि जुम्लाको पुर्वी क्षेत्र गोठीचौर गाउँपालिकाको देपालगाउँमा मुर्ति भेटायो । 

भव्य बाजा गाँजाका साथ मन्द्रिका मुर्ति पुनःस्थापना पनि गरियो । त्यस लगत्र्तै मन्दिरको सुरक्षाका लागि सिसि क्यामरा फिट गर्नु पर्ने नागरीक समाजद्धारा आवाज उठेको हो । 

सोहि अनुसार प्रशासनको दबाबमा ७ वटा सिसि क्यामरा पनि फिट गरीयो । सुरक्षा चुनौतीलाई सामान्य बनाउन र मन्दिरलाई सुरक्षा दिनका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिसि क्यामरा राख्न निर्देशन दिएका थिए । 


तर मन्दिरमा सिसि क्यामरा जडान गरेबाट झन् सुरक्षा चुनौती थपिएको छ । सिसि क्यामरा राखेको झण्डै डेढ वर्ष वितिसक्दा पनि ७ वटै सिसिक्यामराका डिभिआर मेसिनले काम नगरेको प्रमाणित भएको छ । किनकि हालसम्म कुनै पनि दिनको एउटा पनि फुटेज रेर्कड भएको छैन । 

जसले गर्दा मन्दिरको सुरक्षामा थप चुनौती देखिएको चन्दननाथ भैरबनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद आर्चायले बताए । वर्ष दिन वित्दा समेत प्रमाण रेर्कड नभएपछि कुनै पनि बेला पुन: चोरीको अप्रिय घटना हुन सक्ने उनको भनाई छ । ‘सुरक्षाका लागि सिभिलमा दैनिक प्रहरी पनि खटाउने गरिएको छ’ । प्रहरी निरिक्षक चुडामणि पुनले भने, 

“सुरक्षामा खटिएका प्रहरीको आँखा छली मन्दिरबाट मुर्ति चोरी भएपछि सिसि क्यामराको सहायता लिइएको हो”       

क्यामेरामा १२ लाख खर्च    

मन्दिरमा सिसि क्यामेरा जडान गर्न १२ लाख रकम खर्च गरीएको छ । जसमा चन्ददननाथ नगरपालिकाको ५ लाख, गुठीको ३ लाख र अन्य विभिन्न निकायको सहयोगबाट ४ लाख गरी जम्मा १२ लाखको लागतमा सिसि क्यामरा खरिद गरि जडान गरीएको हो । तर अपेक्षा विपरीत डिभिआर मेसिनमा खराबी आई भिडियो रेर्कड नभएको हो ।   

सिसि क्यामरा जडानपछि व्याकप व्यवस्थापनमा गुठी व्यवस्थापन समिति र प्रशासन मौन भएपछि यस्तो समस्या निम्तीएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतको आरोप छ । हाल सिसि क्यामराहरु विग्रीने अबस्थामा रहेको समितिका खरिदार रत्नलाल आचार्यले बताए । 

मेसिन खराबीको कारण देखाउदै कुनै बेला आफु उम्कने चाजोबाजो हुनसक्ने आशंका गर्दै क्यामरा संचालनका लागि नागरीकले प्रशासनलाई दबाब दिएका छन् । 

गत वर्षको मुर्ति चोरीको आरोपमा जुम्लाकै दुईजना स्थानिय अगुवा कारागार चलान पनि भैसकेका छन् । चन्दननाथ भैरबनाथ मन्दिरको सुरक्षाका साथै यसको विकासका लागि पुरातत्व विभाग देखि मन्त्रालय सम्मको ध्यानर्कषण हुन जरुरी छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण