२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने : महामन्त्री कोइराला

२०७४, ३० पुष आईतवार ०५:३२


पुस ३०, नवलपरासी  | नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ । 

थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गर्नुभयो । 

यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा कोइरालाले एउटा जाती, भाषा, संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियो नबन्ने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताउनुभयो । उहाँले रोजगारका माध्यमबाट थारु समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता