२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्थायी भजनघर निर्माण गरिने: काठमाडौँ

२०७४, ३० पुष आईतवार ०८:५३

 पुस ३०, काठमाडौँ | स्वयम्भूस्थित आगलागीबाट नष्ट भएको ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिने भएको छ । 

शुक्रबार राति भएको आगलागीबाट क्षतिग्रस्त बनेको उक्त घरमा भजनलगायत धार्मिक कार्यक्रम गर्न नमिल्ने भएपछि काठमाडौँ महानगरपालिका र कामपा–१५ वडाले अस्थायी घर र बाजाका सामग्रीको व्यवस्था मिलाउन लागेको प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य जीवनराम श्रेष्ठले बताउनुभयो । त्यहाँ भएको आगलागीबाट करिब रु ३० लाख बराबरको नोक्सान भएको थियो । 

विश्वसम्पदा क्षेत्रमा सूचीकृत उक्त स्थानका अधिकांश सम्पदा भूकम्पले कमजोर बनाएको बताउँदै उहाँले आगजनीले पनि भजनघरमा क्षति पुगेकाले छिट्टै पुनःनिर्माणका लागि सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कामपा प्रमुख विद्यासुन्दर शाक्यले धार्मिक गतिविधि भइरहने घर आगलागीले समस्याग्रस्त भएकाले पुनःनिर्माण नहुँदासम्मका लागि अस्थायी टहराको प्रबन्ध गरिने जानकारी दिनुभयो । कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा भूकम्पले क्षति पु¥याएका सम्पदा तथा निजी घरको मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । 

घटनास्थलको अवस्था बुझ्न आज पुगेका जनप्रतिनिधिसँग भजनघरका सदस्यहरुले सोको पुनःनिर्माण चाँडो गर्न माग गरेका थिए । (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता