2026-10-15 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीकै पहिलो ‘हेरिटेज ट्रेल रेस’को तयारी पुरा

नन्दराम जैशी/पुस ३०, जुम्ला । कर्णालीकै पहिलो र ठुलो हेरिटेज ट्रेल रेसको सम्पुर्ण तयारी पुरा भएको छ । 

कर्णालीको जुम्लामा माघ १ गते अर्थात भोलि सोमबार बिहान हुने हेरिटेज ट्रेल रेसको सबै तयारी पुरा भएको आयोजक संस्था कर्णाली स्पोर्ट्स् क्लबले जनाएको छ । 

‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ को उद्घाटन गर्न नेपालका प्रख्यात खेलाडी बैकुण्ड मानन्धर जुम्ला आउनु भएको छ । ४ जना विदेशी सहित नेपालका विभिन्न जिल्लाका १ सय २० जना बढि खेलाडीले प्रतियोगितामा भाग लिने भएका छन् । 

खेलकुद मार्फत कर्णालीको संस्कृति संरक्षण र खेलको प्रबद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । जुम्लाकै भूमिमा दौड सिकेर जिल्लाका खेलाडीले स्वदेश तथा विदेशका विभिन्न म्याराथन प्रतियोगितामा सफलता हासिल गरेकोले हेरिटेज ट्रेल रेस जुम्लामा पनि हुन संभव छ, भन्ने सन्देश दिन उक्त प्रतियोगिताको आयोजना गरीएको उनको भनाई छ ।

 अध्यक्ष शाहीका अनुसार १२ किलोमिटरको रेसमा महिला तथा पुरुष सबै खेलाडीले खुलारुपमा भाग लिने भएका छन् । उनले यो खेल सञ्चालन गर्न साढे १ लाख बढि रकम खर्च हुने जनाएका छन् । प्रतियोगितामा भाग लिने खेलाडीलाई खाने बस्ने ब्यवस्था मिलाइएको छ । 

‘ट्रेल रेसमा भाग लिने खेलाडीहरुले रुड पार गर्दा जुम्लामा अवस्थीत नेपालकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट दौड सुरु गरी जुम्लाको बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, आचार्यवाडा भगवती मन्दिर, भण्डारीवाडा हुदै २४ नं. बाहिनी अड्डा, खोलिकोट भएर मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर पुन: चन्दननाथ मन्दिरमा पुग्नुपर्ने छ । 

म्याराथन धावक हरिबहादुर रोकायाले गत बर्ष जुम्लामा भएको अल्ट्रा म्याराथुन आयोजनाले पनि कर्णालीमा यो पटक ‘ट्रेल रेस’ सम्भव भएको बताए । उनले यो खेलबाट कर्णालीमा अन्य खेलहरु संचालन हुन सक्छन् भन्ने सन्देश ब्यक्त भएको बताए । हाल उनिसँग जुम्लाका करीब २० बढि खेलाडीले प्रशिक्षण लिइरहेका छन् ।  

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने खेलाडीलाई १५ हजार, १२ हजार र १० हजार नगद तथा मेडल पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगिताका लागि जेआर कर्णाली बोडिङ स्कूलले ८५ हजार, जिल्ला खेलकुल विकास समितिले २० हजार, चन्दननाथ नगरपालिकाले २० हजार, योङ विपि डव्लुले १५ हजार र न्यू मनकामना ढुवानी सेवाले १५ हजार रुपैया सहयोग गरेका छन् ।   

धावक हरी बहादुर रोकायासँग म्याराथन प्रशिक्षण लिईरहेका जुम्लाका खेलाडीहरु । तस्विर: नन्दराम जैशी, जुम्ला, सास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए