२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीकै पहिलो ‘हेरिटेज ट्रेल रेस’को तयारी पुरा

३० पुष २०७४, आईतवार ११:५४

नन्दराम जैशी/पुस ३०, जुम्ला । कर्णालीकै पहिलो र ठुलो हेरिटेज ट्रेल रेसको सम्पुर्ण तयारी पुरा भएको छ । 

कर्णालीको जुम्लामा माघ १ गते अर्थात भोलि सोमबार बिहान हुने हेरिटेज ट्रेल रेसको सबै तयारी पुरा भएको आयोजक संस्था कर्णाली स्पोर्ट्स् क्लबले जनाएको छ । 

‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ को उद्घाटन गर्न नेपालका प्रख्यात खेलाडी बैकुण्ड मानन्धर जुम्ला आउनु भएको छ । ४ जना विदेशी सहित नेपालका विभिन्न जिल्लाका १ सय २० जना बढि खेलाडीले प्रतियोगितामा भाग लिने भएका छन् । 


खेलकुद मार्फत कर्णालीको संस्कृति संरक्षण र खेलको प्रबद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । जुम्लाकै भूमिमा दौड सिकेर जिल्लाका खेलाडीले स्वदेश तथा विदेशका विभिन्न म्याराथन प्रतियोगितामा सफलता हासिल गरेकोले हेरिटेज ट्रेल रेस जुम्लामा पनि हुन संभव छ, भन्ने सन्देश दिन उक्त प्रतियोगिताको आयोजना गरीएको उनको भनाई छ ।

 अध्यक्ष शाहीका अनुसार १२ किलोमिटरको रेसमा महिला तथा पुरुष सबै खेलाडीले खुलारुपमा भाग लिने भएका छन् । उनले यो खेल सञ्चालन गर्न साढे १ लाख बढि रकम खर्च हुने जनाएका छन् । प्रतियोगितामा भाग लिने खेलाडीलाई खाने बस्ने ब्यवस्था मिलाइएको छ । 


‘ट्रेल रेसमा भाग लिने खेलाडीहरुले रुड पार गर्दा जुम्लामा अवस्थीत नेपालकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट दौड सुरु गरी जुम्लाको बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, आचार्यवाडा भगवती मन्दिर, भण्डारीवाडा हुदै २४ नं. बाहिनी अड्डा, खोलिकोट भएर मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर पुन: चन्दननाथ मन्दिरमा पुग्नुपर्ने छ । 

म्याराथन धावक हरिबहादुर रोकायाले गत बर्ष जुम्लामा भएको अल्ट्रा म्याराथुन आयोजनाले पनि कर्णालीमा यो पटक ‘ट्रेल रेस’ सम्भव भएको बताए । उनले यो खेलबाट कर्णालीमा अन्य खेलहरु संचालन हुन सक्छन् भन्ने सन्देश ब्यक्त भएको बताए । हाल उनिसँग जुम्लाका करीब २० बढि खेलाडीले प्रशिक्षण लिइरहेका छन् ।  


प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने खेलाडीलाई १५ हजार, १२ हजार र १० हजार नगद तथा मेडल पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगिताका लागि जेआर कर्णाली बोडिङ स्कूलले ८५ हजार, जिल्ला खेलकुल विकास समितिले २० हजार, चन्दननाथ नगरपालिकाले २० हजार, योङ विपि डव्लुले १५ हजार र न्यू मनकामना ढुवानी सेवाले १५ हजार रुपैया सहयोग गरेका छन् ।   

धावक हरी बहादुर रोकायासँग म्याराथन प्रशिक्षण लिईरहेका जुम्लाका खेलाडीहरु । तस्विर: नन्दराम जैशी, जुम्ला, सास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य