2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागु औषध सहित २ जना प्रहरीको फन्दामा

माघ १, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चालिस किलोबाट जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार प्रहरीको चेकजाँच टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५८४१ नम्बरको बसमा जाँच गर्ने क्रममा शंका लागि चेकगर्दा चितवन भरतपुर महानगरपालिका ७ बस्ने ३३ वर्षका गणेश श्रेष्ठको साथबाट डाईजोपाम १५ थान, फेनेरागन १० थान र नुफ्रीन १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै सोही स्थानमा नै ना ५ ख ५००६ नम्बरको बसमा सवार चितवन भरतपुर महानगरपालिका ११ बस्ने १७ वर्षका शुवास मानन्धर पनि लागु औषध सहित पक्राउ परेका छन् । 

उनलाई पनि शंका लागेर जाँच गर्ने क्रममा लागु औषध फेला परेको हो । उनको साथबाट ६० थान डाईजोपाम, ६० थान फेनेरागन र ६० थान नै नुफ्रीन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुवै जनाले शरिरका विभिन्न अङ्गमा लुकाई छिपाई लागु औषध ल्याएका थिए । दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेर सोधपुछको काम भैरहेको छ । नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह