२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागु औषध सहित २ जना प्रहरीको फन्दामा

१ माघ २०७४, सोमबार ०३:२२

माघ १, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चालिस किलोबाट जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार प्रहरीको चेकजाँच टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५८४१ नम्बरको बसमा जाँच गर्ने क्रममा शंका लागि चेकगर्दा चितवन भरतपुर महानगरपालिका ७ बस्ने ३३ वर्षका गणेश श्रेष्ठको साथबाट डाईजोपाम १५ थान, फेनेरागन १० थान र नुफ्रीन १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै सोही स्थानमा नै ना ५ ख ५००६ नम्बरको बसमा सवार चितवन भरतपुर महानगरपालिका ११ बस्ने १७ वर्षका शुवास मानन्धर पनि लागु औषध सहित पक्राउ परेका छन् । 

उनलाई पनि शंका लागेर जाँच गर्ने क्रममा लागु औषध फेला परेको हो । उनको साथबाट ६० थान डाईजोपाम, ६० थान फेनेरागन र ६० थान नै नुफ्रीन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुवै जनाले शरिरका विभिन्न अङ्गमा लुकाई छिपाई लागु औषध ल्याएका थिए । दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेर सोधपुछको काम भैरहेको छ । नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य