महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् ।

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउँछौ- भिडियो सहित

१ माघ २०७४, सोमबार ०५:२६

महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् ।


आइतबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित सांसदहरुले जिल्लाको विकासको लागि आफूले पाँच बर्षको मेन्डेट प्राप्त गरेको र सोही अनुसार काम गर्ने बताएका हुन्. । प्रतिनिधिसभाका सांसद पदम गिरीले जिल्लाका अब सवै सडकहरु कालोपत्रे हुने बताए । आगामी पाँच बर्षभित्र जिल्लाका मुख्यमुख्य सडकहरुको कालोपत्रेको काम अब लगत्तै शुरु गर्ने उनले बताए ।


राष्ट्रिय गौरबका योजना अन्तरगत कालीगण्डकी लोकमार्ग लामो समयसम्म पनि पूर्णरुपमा निर्माण हुन नसक्नुले जिल्लाको विकासको लागि बाधा पुगेकोभन्दै अब उक्त योजनालाई नेपाली सेनालाई दिने गरी आफूहरु अगाडि बढ्न लागेको समेत उनले बताए ।


छिमेकी जिल्ला बाग्लुङ हुदै कालीगण्डकी करिडोरमा सवारी गुड्न थाल्दा पनि आफ्नो जिल्लामा रहेको कालीगण्डकी लोकमार्ग अलपत्र परेको भन्दै सांसद गिरीले दुख व्यक्त गरेका हुन् । उनले अब ठेकेदार र सम्बन्धीत कम्पनीले ढिलासुस्तीको कारण र जवाफ दिनुपर्ने र कामलाई अलपत्र पार्न नुहने भन्दै आवश्यक परे नेपाली सेनालाई उक्त कार्यको जिम्मेवारी दिने बताएका हुन् ।


उनले जिल्लामा उद्योग विकास, कृषिमा आधुनिकरणका साथै कृषि क्रान्तिको लागि आवश्यक पहल कदम चाल्ने समेत बताए । नेता गिरीले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि आवश्यक कदम चाल्नुपर्ने बेला आएको समेत बताए । उनले जिल्लालाई अन्तराष्ट्रिय खेलकुद क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना हुदाहुदै पनि त्यसो हुन नसकेको भन्दै आवश्यक पहल गर्ने बताएका छन् । जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि क्याविनेटमा के गर्नुपर्छ म गर्छु, जिल्लास्तरबाट तपाइहरुले के के गर्नुपर्छ यो गर्नुहोस्, उनले भने ।




प्रदेश सभा १ का सांसद नेत्रनाथ अधिकारीले जिल्लाको विकासको लागि तीन जना सांसदहरुको एकै धारण रहेको बताए । उनले जिल्लाको विकासको जिम्मेवारी आगामी पाँच बर्षको लागि आफूहरुले प्राप्त गरेको भन्दै घोषणपत्रमा उल्लेख भएअनुसार र आफूहरुले गरेको बचन अनुसारनै काम गर्ने बताए । उनले उद्योगीको विकासको लागि पनि आवश्यक कदम चाल्ने बताए ।


कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका हरिओम शर्मा लामिछानेले जिल्लाका उद्योगी व्यवसायीहरु मारमा परेको गुनासो गरेका थिए । जिल्लाका व्यवसायीहरुको हक हितको लागि आवश्यक कदम चाल्न र खेलकुद क्षेत्रको विकासको लागि सोच्नको आग्रह गरे । उनले जिल्लामा भएको खेलकुद मैदान शसस्त्र प्रहरी बलले कब्जा गरेका कारण जिल्लाको खेलकुद क्षेत्रको विकास हुन नसकेको भन्दै त्यसको विकल्पको बारेमा सोच्न समेत सांसदहरुलाई आग्रह गरेका थिए ।




लामिछानेले शसस्त्र प्रहरी बल तत्तकाली अबस्थामा जिल्लाको लागि आवश्यक भए पनि अब नरहेको भन्दै अन्यत्र क्षेत्रमा सार्न र खेलकुद मैदान खेलकुदकै लागि प्रयोग गर्ने बाताबरण मिलाउनको लागि पनि सांसदहरुसँग माग गरेका थिए । कार्यक्रको संचालन संघका महासचिव ठाकुर वि पौडेलले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली