२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभामा बाउ छोराको यस्तो संयोग

२०७४, १ माघ सोमबार ०९:४०

सरोज यादव | माघ १, सर्लाही | सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बिक्रम यादवको अध्यक्षता एवं क्षेत्र न-३ प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री अध्यक्ष बिक्रम यादवकै बुवा रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्पन्न भएको हो । सो सभामा गापा अध्यक्ष यादवले आर्थिक वर्ष २०७४/०७५ को लागि २७ करोड १० लाख ७१ हजार ५०५ रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँ पालिकाको आफ्नै प्रांगणमा भएको उक्त सभामा बिधायक डिल्ली प्रसाद उप्रेती ,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी , कौडेना गापाका अध्यक्ष रामप्रसाद राय,शसस्त्र प्रहरीका एस.पी रवीन्द्र ठाकुर , नेकपा एमाले हरिवनका चुडामणी वाग्ले, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेस दास,अनुसंधानका प्रमुख , चक्रघट्टा गापा वडा न १ देखि ९ का अध्यक्ष /सदस्य , स्थानीयबासी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रको समाप्ति सँगै गापा को सबै वाडहरुको वाड अध्यक्ष एवं जननिर्वाचित प्रतिनिधिहरुको सहभागीतामा बन्द सत्र मार्फत प्रस्तावित योजनाहरुमा बजेट बाँडफाँड गरिने गापाकी उपाध्यक्ष यशोधा देवी यादवले साझासवाललाई  जानकारी दिनुभयो ।

पहिलो पटक छोराले अध्यक्षता गरेको कार्यक्रममा बुवाको प्रमुख आतिथ्यता रहेको साथै छोराले बुवालाइ दोसल्ला ओढाएर सम्मानित गरेको दृश्यलाई देखेर कार्यक्रम स्थल केही समयको लागी भावविभोर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा