2026-09-12 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमै सपथग्रहण नगराए बहिष्कार गर्ने नेता मण्डलको चेतावनी

राम नारायण पंडित | माघ १, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका नेता सुरेश मण्डलले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “ख” प्रदेशसभाका सदस्य  समेत रहेका मण्डलले सरकारले संघीयता असफल बनाउन चालिएको कदमलाई बहिष्कार गर्ने चेताबनी दिएका हुन् । उनले भने “आफ्नै प्रदेशमा शपथ खान्छु, आफ्नो प्रदेशभन्दा बाहिर गएर शपथ खादिन्न्, यदि सरकारले जबजस्ति काठमाण्डौमा सथपग्रहण गराउन खाज्यो भने बहिष्कार गर्छु” ।

राजपा नेपालका सहमहामन्त्रि समेत रहेका मण्डलले प्रदेश नम्बर २ भित्रै शपथ लिने कार्यक्रम बनाइएन भने मधेस केन्द्रित दलले शपथ कार्यक्रम बहिष्कार उदघोष गरे । संघीयता कार्यान्वयन गर्ने मुख्य कडीका रुपमा लिइएको प्रदेशसभा गठनको सुरुको चरण नै कार्यान्वयन नगरेकोमा नेता मण्डलले रोष प्रकट गरेका हुन् । उनले भने “काठमाडौंमा शपथ खुवाउनु भनेको संविधान र संघीयताको मूल मर्ममाथि नै प्रहार गर्नु हो, संघीयतालाई सुरुदेखि नै कार्यान्वयन गर्न प्रदेशसभा सदस्यलाई सम्बन्धित प्रदेशमा शपथ खुवाउनुपर्छ नत्र बहिष्कार गर्छु ।” तत्काल अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न समेत नेता मण्डलले सरकारसंग माँग गरेका छन् । 

केन्द्रिय राज्यसत्तासंग अधिकारको लडाई र मधेसमा बिकास तथा सुशासन कायम गर्नु मधेशबादी पार्टीको मुख्य कार्यभार रहेको समेत नेता मण्डलले स्पष्ट गरे । उनले भने “संघियता, समानुपातिक समाबेशी, मधेशप्रदेश, मधेश सरकार मधेशी पार्टीको देन हो, यसलाई रक्षा गर्नुपर्छ ।” नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले बनाएको कथित उत्कृष्ट संविधान ढोका बिनाको घर रहेको समेत उनले टिप्पणी गरे । 

सिरहाको कल्याणपुर नगरपालिकाका प्रथम नगर सभाको आइतबार उदघाटन गर्दै नेता मण्डलले संघिय संविधान अनुसार प्रदेशसभाको निर्वाचन भइसक्दा पनि प्रदेश सांसदको शपथग्रहण र पहिलो बैठक काठमाडौंमा गर्ने तयारी गर्नु एकात्मक राज्यसत्तालाई नै निरन्तरता दिन खोज्नु रहेको बताए । 

नेता मण्डलले कल्याणपुर नगरपालिकाको भौगोलिक र सामाजिक बनौट     (बृताकार र समाबेशी) बिशेष किसिमको रहेकोले नगरपालिकालाई नमुना नगरपालिका बनाउनु पर्नेमा जोड दिएका छन् । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “ जनप्रतिनिधीलाई इमान्दार भई जनताको सेवामा लाग्नु पर्छ, जनताले महसुस हुने गरी बिकास गर्नुपर्छ, कागजी बिकाससे परम्पराको अन्त्य हुनैपर्छ र राष्ट्र सेवक कर्मचारीलाई ईमान्दार हुनुपर्छ ।” 

मधेशको शैक्षिक अवस्थामा ब्यापक सुधारको खाँचो रहेकोले शिक्षकहरुलाई विद्यालयमा राजनीति नगरी स्वच्छ शैक्षिक वातावरण निर्माण गरी समग्र शिक्षामा परिवर्तन ल्याउन नेता मण्डलले सुझाब दिएका हुन् । 

कल्याणपुर नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ४२ करोडको बजेट प्रस्तुत गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन