माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवामाथि खनिए पाैडेल, दुवै समिति भंग गर्न चेतावनी

२ माघ २०७४, मंगलवार ०२:४२

माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार पुगेका पौडेलले सभापतिमाथि विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाउँदै यी दुवै समिति भंग गरी नयाँ बनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा छलफल गर्न पौडेल, कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार डाकेका थिए।

त्यस क्रममा पौडेलले केन्द्रीय कार्यसमिति बैठक नबोलाइएको प्रति आक्रोशसमेत पोखे। देउवाप्रतिको असन्तुष्टिबारे पौडेलले विधानभन्दा बाहिर गएर बनाइएका समितिलाई सच्याउन र केन्द्रीय कार्यसमितिको बैठक तत्काल राख्न आफूले आग्रह गरेको बताए। ‘पार्टीलाई विधानसम्मत ढंगले अघि बढाउनुपर्छ र विधानविपरीतका काम सच्याउनुपर्छ भन्ने नै मेरो जोड हो,’ पौडेलले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानको व्यवस्थाभन्दा बढी सदस्य राखेर बनाइएका छन्।’

पौडेलले यस्तो आग्रह गर्दा केहीछिन देउवा झोक्किएको बैठकमा सहभागी एक नेताले बताए। ‘तपार्इंले यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने अनि मलाई विधानविपरीत भयो भनेर आरोप लगाउने?’ भन्दै देउवा झोक्किएका थिए। केन्द्रीय कार्यसमितिपछिको अधिकारसम्पन्न कार्यसम्पादन समितिमा बढीमा २२ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था पार्टी विधानमा छ।

त्यसमा पदाधिकारी पदेन सदस्य रहन्छन्। अहिले पदाधिकारी ३ जना छन्। यसरी मनोनीत र पदाधिकारी गरी २५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्नुपर्ने हो। तर, देउवाले २९ सदस्यीय बनाएका छन्। संसदीय समितिमा पनि देउवाले विधान मिचेका छन्। स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने शक्तिशाली निकाय हो संसदीय समिति।

यो समितिमा पदाधिकारी र संसदीय दलका नेता पदेन सदस्य हुन्छन्। त्यसबाहेक ८ सदस्य मात्रै मनोनीत गर्न पाइन्छ। देउवा आफैं संसदीय दलका नेता भएकाले ३ पदाधिकारीसहित ११ सदस्यीय संसदीय समिति बनाउनुपर्ने हो। तर, देउवाले विधानविपरीत १७ सदस्यीय संसदीय समिति बनाए।

निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टीकै युवा नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठक, महासमिति हुँदै विशेष अधिवेशन बोलाउन माग गर्दै आएका छन्। तर, देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि आनाकानी गर्दै आएका छन्। उनी निकट रहेर भागबन्डाको फाइदा लिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र खुमबहादुर खडका पक्ष पनि यतिबेला देउवाप्रति असन्तुष्ट छन्।

देउवाको निर्णय प्रक्रिया संस्थागत नभएकोदेखि कार्यशैलीमा ढिलासुस्ती र आन्तरिक शक्ति सन्तुलनमा ख्याल नगरेको आरोप उनीहरूको छ। धेरैजसोको गुनासो पार्टीमा संस्थागत छलफलभन्दा ‘कोटरी’ अभ्यास गरेको भन्ने छ। १३ औं महाधिवेशनबाट सभापति चुनिएका देउवाले पार्टी नेतृत्वमा एक वर्ष दस महिना बिताए।

तर, अहिलेसम्म उनले विभागसम्म गठन गर्न सकेका छैनन्। उपसभापति, महामन्त्री, सहमहामन्त्रीसमेत मनोनयन गर्न सकेका छैनन्। १३ औं महाधिवेशनपछि नै प्रवक्ताविहीन रहेको पार्टीमा देउवाले एक साताअघि मात्रै युवा नेता विश्वप्रकाश शर्मालाई त्यस ठाउँमा ल्याएका छन्। तर, अन्य पदाधिकारी, विभाग र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन उनले अझै सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली