2026-08-26 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ अनलाइन डटकमलाई प्रेस काउन्सिलको २४ घन्टे पत्र, लगत्तै साइट बन्द !

माघ २, काठमाडौँ | मोरङ अनलाइन डटकमले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना नगरेको भन्दै प्रेस काउन्सिल नेपालले २४ घन्टे पत्राचार गरेलगत्तै मोरङ अनलाइन डटकम नाम गरेको वेवसाइट बन्द गरिएको छ | 

उक्त अनलाइनले पुस २९ गते ‘दु:खद खबर: जीप दुर्घटनामा एमाले अध्यक्ष खड्गसहित ५ जनाको मृत्यु’ भन्ने शीर्षकमा प्रकाशित संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्युको समाचारमा हाल बिदेशमा उपचार र स्वास्थ्य लाभ गरिरहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओलीको तश्विर प्रयोग गरेको थियो | 

प्रेस काउन्सिलले काटेको पत्रमा उक्त अनलाइनले पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय संवेदनाको समेत ख्याल नगरेको भन्दै पत्रकार आचारसंहिता २०७३ को दफा ५ (५), ५(७) बमोजिम उल्लघन भएको स्पष्ट पार्दै २४ घण्टाभित्र यस्तो भ्रमपूर्ण समाचार दिनुको कारण पेस गर्न निर्देशन दिएको हो | उक्त अनलाइनले २४ घण्टाभित्र लिखित कारण दिन नसके प्रचलित ऐन, कानुन एवं पत्रकार आचारसंहिता बमोजिम कारवाही हुने पत्रमा उल्लेख छ |  

प्रेस काउन्सिलको पत्र लगत्तै उक्त साइट बन्द गरिएको छ | उक्त अनलाइनले समाचारमा क्षमा माग्दै समाचार समेत लेखेको थियो तर केहि घण्टा यता वेबसाइटनै बन्द गराईएको छ | 

प्रेस काउन्सिलको पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’