२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिराटनगरमा अस्थायी मुकाम तोकिएपछी खुसियाली र दीप प्रज्वलन

४ माघ २०७४, बिहीबार ०१:२०

माघ ४, विराटनगर (रासस) | प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेको हो । ऐतिहासिक नगरी विराटनगरमा अस्थायी राजधानी हुनुपर्ने सबै पूर्वाधार विद्यमान रहेकाले सरकारको यो निर्णय न्यायपूर्ण भएको भनेर विभिन्न क्षेत्रका व्यक्तिले सोही अनुरुप आ–आफ्ना विचार व्यक्त गर्नुभएको छ । 

नेकपा (एमाले)का मोरङ अध्यक्ष विनोद ढकालले विराटनगरलाई प्रदेश नं १ को अस्थायी मुकाम तोकेको कार्यलाई हार्दिक स्वागत गर्नुभएको छ । उहाँले विराटनगरमा सबै पूर्वाधार रहेकाले विराटनगरबाहेक अन्यत्र विकल्प नरहेको स्पष्ट पार्नुभयो । 

नेकपा (माओवादी केन्द्र) मोरङका नेता गोपी अछामीले विराटनगरलाई अस्थायी राजधानी बनाउने कार्य अत्यन्त राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै मिश्रित बसोबास भएको, सीमावर्ती क्षेत्रका पिछडिएका वर्ग, उत्पीडित जाति, आदिवासी जनजातिलगायत सबैको उत्थानमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । 

संघीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादवले सरकारको निर्णय स्वागतयोग्य रहेको र ऐतिहासिक नगरी विराटनगर लगायतका क्षेत्रको विकासमा थप बल पुग्ने धारणा प्रकट गर्नुभयो । 

मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाले प्रत्येक दृष्टिकोणबाट विराटनगर अस्थायी राजधानी हुनुपर्ने थियो, राजा विराटको राजधानी, औद्योगिक नगरीका साथै स्वास्थ्य, शिक्षा, समानुपातिक तथा समावेशी आधारमा पनि विराटनगरबाहेक अन्य विकल्प नरहेको बताउनुभयो । 

अर्का उद्योगपति नवीन रिजालले विराटनगरका साथै नजिकका बजारहरुमा चहलपहल बढ्ने, उद्योग स्थापना हुने, रोजगारमा बृद्धि हुनाका साथै नयाँ कार्यालयहरु स्थापना भएपछि निम्नवर्गसमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

विराटनगरका स्थानीयवासी सन्तोष यादवले विराटनगर अस्थायी राजधानी भएकोमा गौरवान्वित महसुश गरिरहेको बताउनुभयो । यसको माध्यमबाट समाजका सबै वर्गलाई लाभ पुग्ने कुरा उहाँले बताउनुभयो । 

दीप प्रज्वलन 

यसैबीच, सरकारले प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि बुधबार साँझ विराटनगरवासीले खुशियालीमा दीप प्रज्वलन गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले विराटनगर महानगरपालिकामा दीप प्रज्वलन गरी सरकारको यस कदमलाई स्वागत गर्नुभएको छ । 

सो अवसरमा प्रमुख भीम पराजुलीले विराटनगर अस्थायी मुकाम भएकोमा खुशी प्रकट गर्नुहुँदै ऐतिहासिक नगरी सबै पूर्वाधारयुक्त विराटनगरलाई अस्थायी मुकाम बनाउनका लागि लामो समयदेखि गरिएका प्रयास सफल भएको बताउनुभयो । यसका साथै विराटनगरको मुख्य बजार, ट्राफिकचोक, महेन्द्रचोकलगायत विभिन्न ठाउँमा दीप प्रज्वलन गरी स्वागत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने